Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

कालिकामाईमा अख्तियारकाे छापा, एक दर्जन फाइल नियन्त्रणमा

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान अयोग हेटौंडाको टोलीले छापा मारेर एक दर्जन भन्दा बढी याेजनाकाे फाइलहरु नियन्त्रणमा लिएकाे छ ।

गाउँपालिकाकामा व्यापक भ्रष्टाचारमा भइरहेकाे समाचारहरु विभिन्न संचार माध्यममा प्रकाशनमा आएपछि र अख्तियारमा उजुरी परेपछि अख्तियारको टोली छानविन गर्न वडा नं. ३ हरिहरपुरस्थित रहेकाे गाउँ कार्यपालिकाकाे कार्यालय मै पुगेको हाे ।

आइतबार गाउँपालिका कार्यालय पुगेकाे अख्तियारकाे टोलीले एक दर्जन भन्दा बढी शंकास्पद योजना तथा कार्यक्रमहरुको कागजात आफ्नो नियन्त्रणमा लिएर साेमबार सांझ फर्केकाे थियाे ।

त्यसैगरी गाउँपालिकाको बिभिन्न वडामा संचालन भएको योजनाहरुको स्थलगत अवलोकन तथा  निरिक्षण समेत टोलीले गरेको थियो । टोलीले कार्यालयका कर्मचारी तथा सम्बन्धित जनप्रतिधिहरुसँग ब्यान समेत लिएर फर्केकाे छ ।

दुई दिनको अवधीमा कार्यालयबाट संचालन भएको योजनाहरुको फाइलहरुको समेत अध्ययन गरेको बताइएको छ । सो क्रममा अख्तियारको टोलीले गाउँपालिका कार्यालयको कर्मचारी तथा जनप्रतिनिधिहरुको मिलोमतोमा बिभिन्न योजनाहरुमा चरम भ्रष्टाचार भएको प्रमाणहरु फेला पारेको स्रोतको दाबी छ ।

अख्तिया दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका उप–सचिव एवम् सूचना अधिकारी विष्णु प्रसाद सापकोटाले कालिकामाई गाउँपालिले संचालन गरेको विकासे योजना, कर्मचारी भर्ना, सम्मान कार्यक्रम, धारा जडान कार्यक्रम, आइसुलेशन, नदी सफाई तथा सडक ढलान आदीको बिषयमा धेरै उजुरी परेको तथा आवश्यक कागजातहरु माग गर्दा गाउँपालिकाले समयमा नपठाई दिएको एवम् ताकेता गर्दा समेत सम्पर्कमा नआएपछि विज्ञ सहितको टोली छानविनको लागि गाउँपालिकाको कार्यालय मै पुगेको वताए ।

उनले केही योजनाहरुको कागजात टोलीले कार्यालयबाट संकलन गरेको वताउँदै उजुरीहरु उपर अनुसन्धान भइरहेको बताए । दोषी देखिएको खण्डमा भ्रष्टचारमा संलगन कर्मचारी तथा जनप्रतिनिधिहरु उपर कानुनी कारवाही गरिने सूचना अधिकारी सापकोटाले जानकारी गराए । 

यता गाउँपालिकाको कार्यालयमा अख्तियारको टोली पुगेपछि कर्मचारी तथा जनप्रतिनिधिहरु बिच खैलाबैला मच्चिएको छ । अनियमितता भएकाे याेजनामा संलग्नहरु त्रसित भएका छन् । अनुसन्धानको क्रममा केही कर्मचारी, ठेकेदार तथा जनप्रतिनिधिहरु अख्तियारको फन्दामा जाने निश्चित रहेको स्रोतको दावी छ ।

गत आर्थिक बर्षकाे अन्तिममा गाउँ कार्यपालिका कार्यालय पुगेका पत्रकारहरुकाे एक समुहले दर्ता चालनी रजिष्टरमा खाली ठाउँ राखेर दर्ता चलानी गरिएकाे रजिष्टर फेला पारेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...