Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

वीरगंज महानगरकाे विभिन्न वडामा नेकपा एसकाे कमिटी गठन

spot_img
spot_img

वीरगंज ।  वीरगंज महानगरपालिकाकाे विभिन्न वडामा नेकपा (एकीकृत समाजबादी) काे वडा कमिटी गठन भएको छ । वीरगंज महानगरपालिकाकाे वडा नं. १७, २१, २२ र २३ मा वडा कमिटी गठन भएको महानगर अध्यक्ष मनाेज चाैधरीले वताए ।

वीरगंज महानगरकाे वडा नं. १७ अलाैंमा रमेश चौधरीको अध्यक्षतामा १२१ सदस्यीय वडा कमिटी गठन भएको अध्यक्ष चाैधरीले जानकारी दिए । नवगठित कमिटीकाे उपाध्यक्षमा अम्बिका साह कानु, रन्जित चौधरी, सचीवमा जयलाल पटेल, सह-सचीवमा जुग्नु अन्सारी र सदस्यहरुमा क्रमश बिजयभक्त माली, लालबाबु पटेल, कपिलदेव साह तुरहा लगायत रहेका छन् ।

त्यस्तै वीरगंज महानगरकाे वडा नं. २१ मा राजमहम्द मियाँको अध्यक्षतामा ५४ सदस्यीय वडा कमिटी गठन भएको छ । जसको उपाध्यायमा सन्जय साह, सचीवमा रामनरेश कुशवाहा, सह – सचीवमा सुब्बा पटेल र कोषाअध्यक्षमा रामेश्वर कुशवाहा रहेका छन् ।

त्यस्तै, वीरगंज महानगरकाे वडा न. २३ मा आशनारायण पाण्डितको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी गठन भएको छ । जसको सचीवमा सत्यनारायण माली र सदस्यहरुमा रामानन्द यदाव, रमेश महरा, रामअशिश कुशवाहा लगायत रहेका छ्न् ।

त्यस्तै वडा नं. २२ मा शिव ठाकुरको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन भएको छ । जुन कमिटीकाे सचीवमा शम्भु गिरि रहेका छन् ।

वडा कमिटी गठनकाे लागि भएकाे भेलामा पार्टीका केन्द्रिय सदस्य रामचन्द्र साह, जिल्ला अध्यक्ष बालगोपाल थापा, वीरगंज माहानगर अध्यक्ष मनोज चौधरी, कार्यालय सचीव शंकर कर्ण, जिल्ला सदस्यहरु मन्जुर आलम, बृज प्रसाद यदाव, अनिल पटेल, सुब्बेदार यादव लगायतको उपस्थिती रहेको थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...