Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

चन्द्रदर्शन बचतकाे वीरगंजमा शाखा कार्यालय उद्घाटन

spot_img
spot_img

वीरगंज । चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वीरगंजमा पनि आफ्नाे सेवा संचालनमा ल्याएकाे छ । वीरगंञ्ज ६ आदर्शनगरमा रहेको रुंगटा महलमा कार्यालय स्थापना गरेर संस्थाले आफ्नो सेवा संचालनमा ल्याएकाे हाे । 

वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले एक कार्यक्रमका बिच सहकारी संस्थाकाे कार्यालय उद्घाटन गर्दै सहकारीले बचत संकलन र ऋण लिने दिनेमा मात्रै ध्यान नदिई उत्पादनमुलक क्षेत्रमा पनि लगानी गर्न आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मेयर सरावगीले वीरगञ्जमा साना उद्यमीहरु प्रसस्त रहेकाले उनीहरुसंगको सहकार्यमा उत्पादनमुलक काम गर्न सुझाए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले वीरगञ्जमा अवैध वित्तीय कारोबारलाई रोक्न चुनौती रहेको देखिएको भन्दै सहकारीले वित्तीय कारोबारलाई व्यवस्थित बनाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सानोपाइला सहकारी संस्था वीरगञ्जकी प्रमुख तस्विरन खातुनले सहकारीको भिडमा स्थापना भएको चन्द्रदर्शनले छुट्टै पहिचान बनाउन सकोस भन्ने शुभकामना दिए । संस्थाका प्रमुख कार्यकारी अधिकृत राजन पौडेलले वीरगञ्जमा संस्थाको सातौ शाखाको रुपमा कार्यालय स्थापना भएको भन्दै सेवाग्राहीको हितलाई ध्यानमा राखेर आफूहरु सेवा दिन तयार रहेको बताए ।

संस्थामा सदस्य बनेका सेवाग्राहीले जुन सुकै शाखाबाट पैसा राख्न र झिक्न सक्ने व्यवस्था रहेको पनि उहाले जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष रन्दीप श्रीवास्तबको सभातित्वमा भएकाे उद्घाटन कार्यक्रममा सहकारी विज्ञ केशव थापा, व्यवसायी मुरलिधर रुगंटा, सुदिर रुंगटा, चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड नारायणगढका अध्यक्ष प्रतिक्षा रानाभाट, बुधत्व बहुउद्देशिय सहकारि संस्था काठमाडौंका अध्यक्ष राममणि तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो ।

संस्थाले चितवन बाहेक काठमाण्डौ, भक्तपुरबाट सेवा दिइरहेकोमा आजदेखि वीरगञ्जबाट पनि सेवा सुरु गरेको हो । चन्द्रदर्शनले सेवा सुरु गरेसँगै वीरगञ्जमा मात्रै सहकारी संस्थाको संख्या १ सय ९३ पुगेको छ ।

यसअघि संस्थाले रक्तदान कार्यक्रमको पनि आयोजना गरेको थियो । कार्यक्रममा ३५ जनाले रक्तदान गरेको संस्थाका कार्यकारी अधिकृत राजन पौडेलले जानकारि दिए । कार्यक्रमको संचालन सञ्चारकर्मी निलिमा पौडेलले गरेकी थिइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बाराको कलैयामा दुई दिन विद्यालय बन्द

बारा । बाराको कलैया उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाका अनुसार असोज ८ गते बिहीबार र ९...

जिराभवानीमा स्थानीय शिक्षा योजनाको समीक्षा तथा कार्ययोजना निर्माण कार्यशाला

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा स्थानीय शिक्षा योजनाको समीक्षा तथा आगामी कार्ययोजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । जिराभवानी गाउँपालिकाको आयोजनामा वडा नं. ३ स्थित...

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान, ७५ जनाले दिए रगत

वीरगंज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चार महिलासहित ७५ जनाले रक्तदान गरेका...