Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

तेस्रो मधेश आन्दोलन हुन सक्छ : अध्यक्ष ठाकुर

spot_img
spot_img

वीरगंज । लोकतान्त्रिक समाजबादी पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले मधेशी जनताले न्याय नपाएसम्म आफुहरुको आन्दोलन जारी रहने बताएका छन् । पर्साकाे पकहा मैनपुरमा मधेश आन्दोलनका शहिद सत्रुधन पटेलको छैठो स्मृती सभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले यस्ताे वताएका हुन् ।

अध्यक्ष ठाकुरले संविधान संसोधन मार्फत मधेशी जनताको समनताको अधिकारको लागि राज्यसंग आफुहरुको लडाई रहेको बताउँदै उक्त माँग सम्बोधन नभए जुनसुकै बेला आन्दोलन हुन सक्ने चेतावनी दिए ।

लोकतान्त्रिक सामाजबादी पार्टी पर्साले शहिद सत्रुधन पटेलको गाउँ पकहा चौकमा आयोजना गरेको स्मृती सभामा बोल्दै अध्यक्ष ठाकुरले आफुहरु मुदासंग सम्झौता गरि नेकपा एमालको सरकारलाई मत दिएको समेत प्रष्ट पारे । अध्यक्ष ठाकुरले आफुहरुको माँग पुरा गर्ने जुनसुकै पार्टीको सरकारसंग सहकार्य हुन सक्ने बताए ।

नेपाल बहुल राष्ट्रिय राज्य हो : लोसपा बरिष्ठ नेता महतो

सोही कार्यक्रमलाई सम्बोधन गर्दै लोसपाका बरिष्ठ नेता राजेन्द्र महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएको बताउँदै देशको शासन प्रणालीमा मधेशी जनताको समानताको अधिकार नभएसम्म आफुहरुको लडाई जारी रहने बताए । नेता महतोले मधेशी जनताको छातीमा गोली हानेर बनाईएको संविधान कुनै कामको समेत नभएको टिप्पणी गर्दै देशमा अहिले पनि पुर्ण लोकतन्त्र नआएको दाबी गरे ।

नेता महतोले एकल जातिय सोचले बर्तमान संबिधान बनेकोले समाबेशी संविधान नबनेसम्म आफुहरु संबिधान दिवस मनाउन नसक्ने जिकिर गरे । नेता महतोले अधिकार सम्पन संघियता आफुहरुको मुख्य मांग रहेको भएपनि केन्द्र सरकारले संघियतालाई पंगु बनाएको समेत टिप्पणी गरे ।

लोकतान्त्रिक सामाजबादी पार्टी पर्साले शहिद सत्रुधन पटेलको गाउँ पकहा चौकमा आयोजना गरेको स्मृती सभामा लोसपाका कार्यकारीणी समिती सदस्य तथा पुर्व मन्त्री लक्षुमनलाल कर्ण, कार्यकारीणी समिती सदस्य तथा प्रदेश नं.२ का पुर्व मन्त्री जितेन्द्र सोनल, प्रदेश सभा सदस्य प्रहलाद गिरी, रमेश पटेल, नेताहरु श्शिकपुर मियाँ, नेजामुदिन समानी, युवा नेता ओमप्रकाश सरार्फ लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...