Date
आइत, कार्तिक १५, २०८३
Sun, November 1, 2026

अनेरास्ववियू क्रान्तिकारी बाराकाे सम्मेलन सम्पन्न, अध्यक्षमा संदिप र उपाध्यक्षमा दिपेन्द्र चयन

spot_img
spot_img

वीरगंज । नेकपा माओबादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) बाराकाे १३ औं जिल्ला सम्मेलन आइतबार सम्पन्न भएकाे छ ।कलैयास्थित होटेल करन राज प्यालेसमा भएकाे सम्मेलनले संदिप यादवकाे अध्यक्षतामा ९ सदस्यीय पदाधीकारीसहित ५१ सदस्यीय जिल्ला समिति चयन गरेकाे छ ।

जुन समितिकाे उपाध्यक्षमा दीपेन्द्र यादव, सुमन खुलाल, सचिन कुशवाहा, सफर मन्सुर, सचिवमा जुना घिमिरे सह सचिवमा कृष्ण मोहर सहनी, शशिकान्त चौधरी, कोषाध्यक्ष शुशिल कुमार माली, सह-कोषाध्यक्ष अखिल पटेल लगायतका चयन भएका छन् ।

अनेरास्ववियु क्रान्तिकारी बाराका निबर्तमान अध्यक्ष राजेश्वर कुशवाहाकाे अध्यक्षता र अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष रविकिरण यादवकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का जिल्ला इन्चार्ज गोपाल ठाकुर, जिल्ला संयोजक क्षेत्र बहादुर श्रेष्ठ, प्रदेश सदस्य शिवचन्द्र कुशवाहा, हरि चौलागाई, राजन पौडेल, प्रभु यादव, रविराज दंगाल, अनेरास्ववियू क्रान्तिकारी प्रदेश २ संयोजक-सूर्यनारायण साह, केन्द्रीय सदस्य दिनेश यादव लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...