Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

अनेरास्ववियू क्रान्तिकारी बाराकाे सम्मेलन सम्पन्न, अध्यक्षमा संदिप र उपाध्यक्षमा दिपेन्द्र चयन

spot_img
spot_img

वीरगंज । नेकपा माओबादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) बाराकाे १३ औं जिल्ला सम्मेलन आइतबार सम्पन्न भएकाे छ ।कलैयास्थित होटेल करन राज प्यालेसमा भएकाे सम्मेलनले संदिप यादवकाे अध्यक्षतामा ९ सदस्यीय पदाधीकारीसहित ५१ सदस्यीय जिल्ला समिति चयन गरेकाे छ ।

जुन समितिकाे उपाध्यक्षमा दीपेन्द्र यादव, सुमन खुलाल, सचिन कुशवाहा, सफर मन्सुर, सचिवमा जुना घिमिरे सह सचिवमा कृष्ण मोहर सहनी, शशिकान्त चौधरी, कोषाध्यक्ष शुशिल कुमार माली, सह-कोषाध्यक्ष अखिल पटेल लगायतका चयन भएका छन् ।

अनेरास्ववियु क्रान्तिकारी बाराका निबर्तमान अध्यक्ष राजेश्वर कुशवाहाकाे अध्यक्षता र अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष रविकिरण यादवकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का जिल्ला इन्चार्ज गोपाल ठाकुर, जिल्ला संयोजक क्षेत्र बहादुर श्रेष्ठ, प्रदेश सदस्य शिवचन्द्र कुशवाहा, हरि चौलागाई, राजन पौडेल, प्रभु यादव, रविराज दंगाल, अनेरास्ववियू क्रान्तिकारी प्रदेश २ संयोजक-सूर्यनारायण साह, केन्द्रीय सदस्य दिनेश यादव लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...