Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

संविधान दिवसमा पत्रकार पासवानसहित पर्साबाट ७ जना विभूषित

spot_img
spot_img

वीरगंज । संविधान दिवसकाे अवसरमा नेपाल सरकारकाे सिफारिसमा राष्ट्रपतिद्वारा प्रदान गरिने मानपदवी, अलंकार र विभूषणबाट पर्साका ७ जना सम्मानित हुने भएका छन् ।

कोभिड महामारीमा खटेका चिकित्सकदेखि यहाँका व्यवसायी, सामाजिक अभियन्ता, सुरक्षाकर्मी, जनप्रतिनिधि र पत्रकार गरी ७ जना विभूषित हुन लागेका हुन् ।

वीरगञ्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीलाई सुकीर्तिमय राष्ट्रदीपबाट विभूषित गर्ने निर्णय सरकारले गरेको छ । ९२ वर्षको उमेरमा पनि सक्रिय रुपमा नागरिकको सेवामा खटिएकी कार्कीलाई सरकारले विभूषित गर्ने निर्णय गरेको हो ।

यस्तै कोभिड महामारीका बेला संक्रमितको उपचारमा खटिएका नारायणी अस्पताल वीरगञ्जका वरिष्ठ चिकित्सक डा.निरज सिंहलाई प्रबल जनसेवाश्री पदवीबाट सम्मानित गर्न लागिएको छ । पर्साका ४ जनाले यो पदवी प्राप्त गरेका छन् ।

लामो समयदेखि पर्सामा सकृय पत्रकारीता गर्दै आएका बृजलाल पासवानले जनसेवाश्री पदवी प्राप्त गर्ने भएका छन् । पासवान वीरगंजबाट संचालित कालिका टाईम्स डट कम र सहरा दैनिक पत्रिकाका सम्पादक हुन् । 

यस्तै, समाजसेवी एवं व्यवसायी संजय कुमार खेतान र समाजसेवी एवं व्यवसायी सत्यनारायण क्याललाई पनि प्रबल जनसेवाश्री पदवीबाट सम्मानित गर्न लागिएको छ ।

पर्सा जिल्लाको सुरक्षा व्यवस्थाको कमाण्ड सम्हालेका जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे पनि प्रबल जनसेवाश्री पुरस्कारबाट सम्मानित हुने भएका छन् ।

जनसेवाश्रीबाट अभियन्ता मुस्कान खातुन पनि सम्मानित हुन लागेकी छिन् । खातुन २०७६ भदौ २० गते एसिड प्रहारबाट घाइते भएकी थिइन् ।

लामो अस्पताल बसाईपछि निको भएकी खातुन अहिले एसिड पीडितको आवाज बन्दै यस्तो अपराधमा संलग्नलाई कारवाही गराउन आवश्यक ऐन कानुन बनाउन दवाब दिँदै आइरहेकी छिन् । खातुनकै दवाबका कारण सरकारले एसिड विक्री वितरणमा कडाइ गर्न एसिड सम्बन्धी अध्यादेश ल्याउनु परेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शितल निवासमा आयोजित विशेष समारोहमा विभूषण प्रदान गरिने छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने आरोपमा तीन पक्राउ

वीरगञ्ज । खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंमा तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सीतामढी घर भई हाल काठमाडौंको रातोपुलमा...

सिमरामा ४ महिलासहित ५८ जनाले गरे रक्तदान

वीरगञ्ज । बाराको सिमरास्थित सूर्य निवासमा आयोजित रक्तदान कार्यक्रममा ४ महिलासहित ५८ जनाले स्वेच्छिक रक्तदान गरेका छन्। नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन, आधिकारिक युनियन सूर्य...

“सिर्सिया खोला प्रदूषण गर्ने उद्योगलाई एक साताको अल्टिमेटम”

वीरगंज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगबाट सिर्सिया खोलामा भइरहेको प्रदूषण नियन्त्रण गर्न एक साताको समयसीमा दिएकी छन्। मन्त्रालयमा उद्योगीहरूसँग...