Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

संविधान दिवसमा पत्रकार पासवानसहित पर्साबाट ७ जना विभूषित

spot_img
spot_img

वीरगंज । संविधान दिवसकाे अवसरमा नेपाल सरकारकाे सिफारिसमा राष्ट्रपतिद्वारा प्रदान गरिने मानपदवी, अलंकार र विभूषणबाट पर्साका ७ जना सम्मानित हुने भएका छन् ।

कोभिड महामारीमा खटेका चिकित्सकदेखि यहाँका व्यवसायी, सामाजिक अभियन्ता, सुरक्षाकर्मी, जनप्रतिनिधि र पत्रकार गरी ७ जना विभूषित हुन लागेका हुन् ।

वीरगञ्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीलाई सुकीर्तिमय राष्ट्रदीपबाट विभूषित गर्ने निर्णय सरकारले गरेको छ । ९२ वर्षको उमेरमा पनि सक्रिय रुपमा नागरिकको सेवामा खटिएकी कार्कीलाई सरकारले विभूषित गर्ने निर्णय गरेको हो ।

यस्तै कोभिड महामारीका बेला संक्रमितको उपचारमा खटिएका नारायणी अस्पताल वीरगञ्जका वरिष्ठ चिकित्सक डा.निरज सिंहलाई प्रबल जनसेवाश्री पदवीबाट सम्मानित गर्न लागिएको छ । पर्साका ४ जनाले यो पदवी प्राप्त गरेका छन् ।

लामो समयदेखि पर्सामा सकृय पत्रकारीता गर्दै आएका बृजलाल पासवानले जनसेवाश्री पदवी प्राप्त गर्ने भएका छन् । पासवान वीरगंजबाट संचालित कालिका टाईम्स डट कम र सहरा दैनिक पत्रिकाका सम्पादक हुन् । 

यस्तै, समाजसेवी एवं व्यवसायी संजय कुमार खेतान र समाजसेवी एवं व्यवसायी सत्यनारायण क्याललाई पनि प्रबल जनसेवाश्री पदवीबाट सम्मानित गर्न लागिएको छ ।

पर्सा जिल्लाको सुरक्षा व्यवस्थाको कमाण्ड सम्हालेका जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे पनि प्रबल जनसेवाश्री पुरस्कारबाट सम्मानित हुने भएका छन् ।

जनसेवाश्रीबाट अभियन्ता मुस्कान खातुन पनि सम्मानित हुन लागेकी छिन् । खातुन २०७६ भदौ २० गते एसिड प्रहारबाट घाइते भएकी थिइन् ।

लामो अस्पताल बसाईपछि निको भएकी खातुन अहिले एसिड पीडितको आवाज बन्दै यस्तो अपराधमा संलग्नलाई कारवाही गराउन आवश्यक ऐन कानुन बनाउन दवाब दिँदै आइरहेकी छिन् । खातुनकै दवाबका कारण सरकारले एसिड विक्री वितरणमा कडाइ गर्न एसिड सम्बन्धी अध्यादेश ल्याउनु परेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शितल निवासमा आयोजित विशेष समारोहमा विभूषण प्रदान गरिने छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...