Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

बालबालिकाहरुको वनभोज तथा संस्कृति कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे पर्सागढी नगरपालिकामा रहेको कोईलाभार मन्दिरमा बालबालिकाहरुको वनभोज तथा संस्कृति कार्यक्रम सम्पन्न् भएकाे छ । एक्सनएड नेपाल तथा दिब्य युवा क्लब पर्साकोे साझेदारीमा पटेर्वा सुगौली गाउँपालिका अन्तर्गतका सबै वडाहरुमा संचालनमा रहेकोे स्थानीय अधिकार कार्यक्रम अन्तर्गत वनभोज तथा संस्कृति कार्यक्रम सम्पन्न भएकाे हाे ।

दिब्य युवा क्लब पर्साकी उपाध्यक्ष सुकमिन देवीको अध्यक्षयतामा भएकाे संस्कृति प्रतियाेगितामा पटेर्वा सुगौली गाउँपालिका वडा नं. २ की प्रियान्का कुमारी प्रथम, वडा नं. ४ की मंगिाता कुमारी दाेस्राे, वडा नं. ५ की दिपिका शर्मा तेस्राे, वडा न. १ की लक्ष्मी कुमारी चाैथाे र वडा न. ३ की सुस्मिता चौधरीले पांचाै स्थान हाँसिल गरेका छन् ।

सबै बिजेताहरुलाई नेपाली ब्याकरण, कोपी तथा कलमले पुरस्कृत गरिएको थियाे ।

कार्यक्रममा स्वागत मन्तब्य स्पौंसर संयोजक सुनिल कुमार भारतीले गरेका थिए भने कार्यक्रमको उदेश्य माथि प्रकाश दिब्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीले पारेका थिए ।

प्रतियोगिता निर्णायक मण्डलमा सामी परियोजनाको परियोजना संयोजक जयनारायण प्रसाद चौधरी, किशोरी शसक्तिकरण लागि शिक्षा कार्यक्रमको वित तथा प्रशासन संयोजक नागेन्द्र प्रसाद र सामी परियोजनाका मनोसामाजिक परामर्शकर्ता निर्मला भण्डारी रहेका थिए ।

कार्यक्रम संचालन गर्नुको मुख्य उदेश्य कार्यक्षेत्रका बालबालिकाहरुलाई मनोरञ्जनका साथै सामुहिक सहभागिताको अवसर प्राप्त हुँदा भोलिको दिनमा एकआपस बिच आफ्नो बालअधिकार प्रति आवाज उठाउन सहयोग पुग्ने रहेकाे दिव्य युवा क्लबका कार्यकारी निर्देशक कुर्मीले जानकारी गराए ।

अतिरिक्त कियाकलापमा रुचि बढ्नुका साथै बालबिकासमा सहयोग गरेको र सामुहिक पिकनिक कार्यक्रम गर्दा कर्मचारी, र्बोड सदस्य, कार्यक्रमका साथीहरुसंग कार्यक्षेत्रका बालबालिकाहरुसंग भेटघाट, चिनजान र आपसी सद्भावको बातावरण सिर्जना भएको उनले  वताए ।

कार्यक्रमकाे अन्तिममा दिब्य युवा क्लबका सचिव जयनारायण प्रसाद कुर्मीले सबै सहभागिहरुलाई धन्यावाद ज्ञापन गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...