Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

जगदम्बा ग्रुपद्वारा ३ चक्के टेम्पाे आयातमा कराेडाैंकाे भन्सार छली

spot_img
spot_img

वीरगंज । काठमाडौं सुविधानगरस्थित जगदम्बा अटो ग्रुप प्राइभेट लिमिटेडले भारतबाट आयात गर्ने तीन चक्के टेम्पोमा भन्सार छलि गर्ने गरेको पाइएको छ । भारतको चेन्नईस्थित टि.भि.एस. कम्पनीबाट जगदम्बाले आयात गर्ने गरेको तीन चक्के टेम्पोको पार्टस् भनेर एकिकृत जांच चाैकी वीरगंजबाट भन्सार जाँच पास गराई चेसिस र इन्जिन सहितको टेम्पो आयात गर्ने गरेको तथ्य फेला परेको हो ।

भारतबाट सवारीसाधन आयात गर्दा इन्जिन, चेसिस सहितको सवारी साधान आयात गर्दा ३० प्रतिशत भन्सार, ५५ प्रतिशत अन्तत शुल्क र १३ प्रतिशत भ्याट लाग्ने गरेको अवस्थामा पार्टस् भनेर आयात गर्दा अन्तत शुल्कमा ५० प्रतिशत नेपाल सरकारले छुट दिएको मौका छोपी जगदम्बा अटो ग्रुप पार्टस् आयात भनेर चेसिस, इन्जिन सहितको सवारी साधन आयात गरि सफेद तस्करी गर्ने गरेको छ।

भारतबाट पार्टस् आयात गर्नका लागि नेपालस्थित उद्योग दर्ता हुनुपर्नेमा जगदम्बा अटो ग्रुप बाराको सिमरास्थित आफ्नो शाखा स्थापना गरि उद्योग दर्ता गराएको हो । उद्योगले भारतबाट गाडीको सम्पूर्ण पार्टस् अलग अलग आयात गरि यहाँ एसेम्बलिङ्ग (तयारी) गर्नुपर्नेमा बाहिरी भागका केही सामानहरु खोलेर पार्ट्स् मात्रै आयात गर्ने गरेको भनेर भन्सार जाँच पास गराई इन्जिन, चेसिस सहितको टेम्पो आयात गर्ने गरेको हो ।

सवारी साधनको पार्टस् आयात गर्दा सि.के.डि. भनेर भन्सार जाँच पास हुने गरेको छ । यही बिहीबार जगदम्बा ग्रुप सि.के.डि. भनेर ३४ लाख ५७ हजार १ सय ४१ रुपैया बराबरको सवारी साधनको पार्टस् भनेर भन्सार जाँच पास गराई ३० लाख १५ हजार ९ सय ९६ रुपैया राजस्व बुझाएको छ ।

जबकी जुन अवस्थामा सवारी आयात गरिएको छ, त्यससको नेपाल सरकारलाई थप ९ लाख ५० हजार ७ सय १३ रुपैया राजस्व तिर्नुपर्ने हो तर यो राजस्व छलि गरिएको पाइएको छ । जगदम्बाले जसरी इन्जिनि, चेसिस सहितको सवारी आयात गरेको छ, त्यस अनुसार ३९ लाख ६६ हजार ७ सय ९ रुपैया राजस्व तिर्नु पर्ने हो ।

भारतको चेन्नईबाट एम.एच. ४६ ए.एफ. ५२४२ नम्बरको ट्रकमा लोड भएर आएकोे कन्टेनरमा कम्पनीको सिल लागेकै अवस्थामा भन्सार जाँच पास भइसकेको छ । कन्टेनर भित्र पार्टस् छ कि फुल बडी छ, कि अन्य केही सामान छ ? भन्सारका कर्मचारीले चेकजाँच समेत गरेको छैन, सिधै कागजी रुपमा भन्सार जाँच पास गरि दिएको छ ।

यसबारे एकिकृत जाँच चौकी भन्सार प्रमुख हरिहर पौडेलसँग बुझ्दा भन्सार छलिको सूचना आएसँगै टेम्पो लोड गरिएको ट्रकलाई रोकेर चेकजाँचको लागि अधिकृत तोकिएको बताए । भन्सार जाँच पास भइसकेपनि सञ्चारकर्मीहरुलाई सामान हेर्न नमिल्ने भन्दै भन्सार कर्मचारीहरुबाटै अनुसन्धान अधिकृत तोकिएको छ, त्यसभित्र पार्टस् मात्रै हो कि ? इन्जिन, चेसिस सहितको फुल बडी हो ?

त्यो शनिबार विहान १० बजे कन्टेनरको सिल तोडेर चेकजाँच गरिने बताएपनि शनिबार र आइतबार सार्वजनिक विदा भएकोले सोमबार मात्रै कन्टेनर खोलेर चेकजाँच गरिने बताए । प्रज्ञापन पत्रमा उल्लेख भई भन्सार जाँच पास भएको भन्दा अन्य सामान भेटिएकोमा कानून अनुसार कारवाही प्रक्रिया अगाडि बढाइने बताए ।

नेपालमा एसेम्बलिङ्ग गर्ने उद्देश्यले यहाँ संचालित उद्योगहरुले पार्टस् मात्रै आयात गर्दा भन्सार ३० प्रतिशत, भ्याट १३ प्रतिशत तथा अन्तत शुल्क २७.५ प्रतिशत मात्रै लाग्ने गर्छ । स्वदेशमै एसेम्बलिङ्ग गर्न पार्टस् आयात गर्दा नेपाल सरकारले अन्तत शुल्कमा ५० प्रतिशत छुट दिएको छ, त्यही छुटको नाममा जगदम्बाले एकिकृत जाँच चौकी हुँदै खुलेयाम तस्करी गर्ने गरेको छ ।

एउटा ट्रकमा मात्रै जगदम्बाले नेपाल सरकारको ८ लाख २९ हजार ३ सय ९९ रुपैया राजस्व छलि गरेको छ । यस अनुपातमा दैनिक सयौं गाडी भन्सार जाँच पास हुने गरेकोमा भन्सारबाटै कसरी ठूलो परिमाणमा तस्करी भइरहेको छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।

भारतबाट कुनैपनि सामान नेपाल आयात गर्दा एकिकृत जाँच चौकीमा सामानको नमुना चेकजाँच हुने गरेको छ तर यस्ता यस्ता ठुला व्यापारीहरुले भन्सारका कर्मचारीहरुको मिलोमतामो खुलेयाम करोडौं राजस्व छल्ने गरेका छन् ।

भन्सारमा कुनैपनि सामानको नमुना चेकजाँच गर्ने गरिएकोमा यस जगदम्बा अटो ग्रुप कन्टेनर कम्पनीको सिलसमेत नतोडी कसरी भन्सार जाँच पास भयो ? यसबाट भन्सार कर्मचारीको कार्यप्रति शंका उब्जाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...