Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

स्वास्थ्य चौकीहरुलाई अक्सिजन कन्सनट्रेटर सहयाेग

spot_img
spot_img

वीरगंज । स्ट्याण्डर्ड चार्टर्ड बैंकको सहयोगमा एक्सनएड नेपाल र दिव्य युवा क्लव पर्साको सहजीकरणमा कोभिड–१९ सङ्क्रमितहरुको उपचार तथा सङ्क्रमण रोकथाम गर्नको लागि पर्साकाे पटेर्वा सुगौली गाउँपालिकाका ५ वटा स्वास्थ्य चौकीहरुलाई अक्सिजन कन्सनट्रेटर सहयाेग गरिएकाे छ ।

दिब्य युवा क्लब पर्साका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीले पटेर्वा सुगौली गाउँपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत भुजेन्द्र प्रसाद यादवलाई एक कार्यक्रमकाे बिच साे अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरेका हुन् ।  

पर्सा जिल्ला कोभिड १९ को संक्रमणको उच्च जोखिममा रहेकोले कोभिडको महामारीको समयमा अक्सिजन कन्सनट्रेटर धेरै नै सहयोग पुग्ने प्रमुख प्रशासकिय अधिकृत यादवले बताए ।

सहयाेग गिरएकाे एउटा अक्सिजन कन्सनट्रेटरको मुल्य रु १ लाख १५ हजार २ सय ५५ रहेको दिव्य युवा क्लबका कार्यकारी निर्देशक कुर्मीले जानकारी दिए ।

अक्सिजन कन्सनट्रेटर हस्तान्तरण कार्यक्रममा पटेर्वा सुगौली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख, शिक्षा शाखा प्रमुख तथा सबै स्वास्थ्य चौकीका प्रमुखहरु लगायत दिब्य युवा क्लबकाे कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...