Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

करिनाले १२ करोड पारिश्रमिक मागेको ‘सीता’मा कंगना फाइनल

spot_img
spot_img

नायिका करिना कपुरले १२ करोड पारिश्रमिक मागेपछि चलचित्र ‘सीता’को चर्चा चुलियो । यो चलचित्र ‘रामायण’मा आधारित रहेर बनाउने तयारी गरिएको छ । तर, करिनालाई चलचित्रको शिर्ष भूमिकाका लागि निर्माणपक्षले अफर गर्दा उनले महंगो रकम माग गरिन् । यसपछि, यो चलचित्रको निर्माणपक्षले अन्य नायिकाहरुसँग पनि कुरा अगाडि बढाएको थियो ।

यसैविच, चलचित्रका लागि नायिका कंगना रनोट फाइनल भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । चलचित्रका निर्देशक अलौकिक देसाइले यो खबरको पुष्टी गरेका छन् । उनले, सामाजिक संजालमा कंगनासँगको तस्वीर पोष्ट गरेका छन् ।

अलौकिकले लेखेका छन्–‘सीता आरम्भ, ब्रम्हाण्ड ती मानिसहरुको मद्दत गर्छन् जो विश्वासको साथमा समर्पित हुन्छन् । म सीताको भूमिकाका लागि कंगनालाई काम गराउन पाउँदा उत्साहित छु । यो पवित्र यात्राले हाम्रो पौराणिक कथालाई हेर्ने तरिका नै बदल्नेछ ।’

कंगनाले वास्तविक भारतीय महिलाहरुको भावनालाई प्रतिनिधित्व गर्ने निर्माणपक्षको भनाई छ । चलचित्रका लागि फाइनल भएपछि कंगनाकी बहिनी रंगोलीले १३ बर्षको उमेरमा कंगनाले सीताको भूमिका निर्वाह गरेको तस्वीर पोष्ट गरेकी छिन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...