Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

बाल दिवशको अवसरमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

spot_img
spot_img

वीरगंज । ५७ औं राष्ट्रिय बाल दिवशको अवसरमा पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं. ४ मा  बालबिबाह तथा दाईजो प्रर्थाले गर्दा बालबालिकाहरुको शिक्षामा परेको प्रभाव विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

एक्शनएड नेपाल तथा दिब्य युवा क्लब पर्साको संयूक्त साझेदारीमा पटेर्वा सुगौली गाउँपालिकामा संचालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत “सामन्य अवस्था वा कोभिड महामारी, वाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी” नाराको साथ प्रतियोगिता सम्पन्न भएको हो ।

दिब्य युवा क्लब पर्साका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मी अध्यक्षयता तथा पटेर्वा सुगौली गाउँपालिकाका शिक्षा शाखा प्रमुख शम्भु साहको प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा पटेर्वा सुगौली गाउँपालिकाका ११ वटा बाल क्लबका बालबालिकाहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा पटेर्वा सुगौगी गाउँपालिका वडा नं. ४ की पुर्णिमा कुमारी प्रथम, वडा न.५ की दिपावली कुमारी साह दोस्रो, वडा नं. १ का कृष्णा चौधरी तेस्रो, वडा नं. २ की सकिना खातुन चौथो र वडा न. ३ का रामजन्म माझी पाँचौ स्थान हासिल गरेका थिए ।

११ वटा बाल क्लबबाट १५ जना बालबालिकाहरुको सहभागिता रहेको प्रतियोगिताको निर्णयाक मण्डलमा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सुगौली दा.पु.का बिज्ञान विषयका शिक्षक ज्ञानेन्द्र प्रसाद चौधरी, दिब्य युवा क्लब पर्साका सामाजिक परिचालक प्रतिमा चौधरी र बिन्दा गैरे रहेका थिए ।

पटेर्वा सुगौली गाउँपालिकालाई बालबिबाह मुक्त गाउँपालिका घोषण गराउने उदेश्यले आयोजना गरिएको प्रतियोगितामा उपस्थित बालबालिका, अभिभावक तथा सरोकारवालाहरु बालबिबाह र दाईजो प्रर्थाको बारेमा सचेत भएको आयोजक संस्थाले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...