Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

संकास्पद औषधि बोकेको ट्रक र चालक पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले संकास्पद औषधी बाेकेकाे ट्रकसहित एक जनालाई पक्राउ गरेकाे छ ।

सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा प्रहरीले शनिबार राती ९:३० बजे वीरगञ्ज महानगरपालिकाकाे वडा नं.१६ नगवाबाट ना.३ ख १३३५ नम्बरको ट्रक नियन्त्रणमा लिएकाे हाे । 

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उक्त ट्रकलाई रोकी जाँच गर्दा ट्रकभित्र तेह्र लाख अड्चालिस हजार सात सय छयहत्तर बराबरको पाेलिबियन २५० एमएलकाे सिरफ ७८६ कार्टुन बरामद भएकाे प्रहरीले जनाएकाे छ ।

ट्रकमा रहेकाे औषधीकाे आयात गर्न आवश्यक पर्ने ईजाजत प्राप्त चिकित्सकको स्वीकृति पत्र लिएको नपाइएकोले उक्त ट्रक, औषधि र चालक वीरगञ्ज महानगरपालिका वडा नं.२ वस्ने वर्ष ३० को सरोज मियाँलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ।

पक्राउ परेका ट्रक, औषधि र चालकलाई आवश्यक कारवाहीको लागि आइतबार औषधि व्यवस्था विभाग शाखा कार्यालय पर्सा वीरगञ्जमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...