Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

एपि खबरकाे बार्षिकाेत्समा ५१ जनाद्वारा रक्तदान

spot_img
spot_img

जीतपुर । बाराकाे जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. ७ को जीतपुरमा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

स्वाती मिडिया प्रालिद्वारा संचालित एपी खबरको वार्षिकाेत्सवकाे अवसरमा भएकाे कार्यक्रममा ५१ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र कुशवाहाले जानकारी दिए । 

कार्यक्रममा ईलाका प्रहरी कार्यालय जीतपुरकी मञ्जु पहाडी, मुकेश महतो, बिहार रेडियो स्रोता संघका फुलसरिफ अंसारी, ईलाका ट्राफिक प्रहरी कार्यालय जीतपुरका प्रहरी जवानहरु लगयतकाले रक्तदान गरेका थिए ।

स्वाती मिडिया प्रालीका अध्यक्ष अनिल तिवारीको अध्यक्षता र जीतपुर सिमरा उपमहानगरपालिकाकी नगर उपप्रमुख सरस्वती देवी चौधरीको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा नगर उद्योग वाणिज्य संघका अध्यक्ष संजय साह, स्थानिय समाजसेवि मनोज गुप्ता, शिवजी साह सोनार, युवा संघ नेपालका मनोज साह, अफताब आलम, सोहन शर्मा, सावित्री पिपले, मनिर अंसारी, नेपाल बिहार रेडियो स्रोत संघका जीतेन्द्र साह लगायको उपस्थिती रहेको थियो ।

रक्तदान कार्यक्रम रक्त संचार केन्द्र वीरगंजकाे प्राविधिक सहयाेगमा भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...