Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

सी.एम.ए. संघकाे स्थापना दिवसको अवसरमा रक्तदान

spot_img
spot_img

वीरगंज । नेपाल सी.एम.ए. संघ पर्साले आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ पोका रक्त संकलन भएको छ ।

संघको १८ औं स्थापना दिवसको अवसर पारेर वीरञ्जको घण्टाघरमा शुक्रबार आयोजित रक्तदान कार्यक्रममा ३१ पोका रक्त संकलन भएको हो । रक्त संचार केन्द्र वीरगञ्जमा रक्त अभाव रहेको र रक्त नहुँदा बिरामीलाई समस्या आउन थालेको जानकारी आएपछि आफुहरुले स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको संघका अध्यक्ष जोगिन्द्र प्रसाद चौरसियाले बताए ।

संघका अध्यक्ष चौरसियाकाे अध्यक्षता र संघका केन्द्रीय अध्यक्ष रामेश्वर प्रसादको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य रामदयाल महतो, कार्यक्रम संयोजक मनोज पटेल, रक्त संचार केन्द्र वीरगञ्ज प्रमुख शौरभराज पाण्डे लगायतको सहभागिता रहेको थियो ।

रक्त संचार केन्द्र वीरगंजकाे प्राविधिक सहयाेगमा रक्तदान कार्यक्रम भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवा–भोटेकोशी बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं । रसुवा, भोटेकोशी तथा त्रिशूली करिडोरमा बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि सरकारले १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ...

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका नेता सुजित पाण्डेको निधन

कलैया । बाराको कलैया उपमहानगरपालिका–१४, लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटना हुँदा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–१४...

भोटेकोशी बाढीपीडितका लागि लायन्स इन्टरनेशनलद्वारा एक करोड सहयोग गर्ने निर्णय

वीरगंज । रसुवाको भोटेकोशी तथा ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि लायन्स इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५, नेपालले १ करोड...