Date
मङ्ल, साउन ५, २०८३
Tue, July 21, 2026

बैंकमा चाेरी भएकाे ३ दिनपछि लंगडीकाे मनी ट्रान्सफरमा युवककाे शव फेला

spot_img
spot_img

वीरगंज । पर्साको धोबिनी गाउँपालिका ४ लंगडी चोकस्थित मारिया मनि ट्रान्सफर रहेको घरको छानामा एक युवक मृत अवस्थामा फेला परेका छन् । जस्तापाताले छाएको छानामा आइतबार बेलुका अंदाजी २१-२२ वर्षका युवकको शव फेला परेको प्रहरीले जनाएकाे छ । शव फेला परेका युवकको पहिचान भने खुल्न सकेको छैन । 

शव पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक दिपक थापाले जानकारी दिए । 

भदौ १७ गते बिहीबार राति लंगडीमै रहेको एनआइसी एसिया बैंकको उपशाखामा चोरी भएको थियो । त्यहि बैंक नजिकको मनि ट्रान्सफर भएको घरको छानामा आइतवार बेलुकी युवकको शव फेला परेको हो । जस्तापाताकाे छाना रहेकाे मनी ट्रान्सफरमा आधि टाउकाे भित्र पसेकाे अवस्थामा शव फेला परेकाे प्रहरी निरिक्षक थापाले वताए ।

उनले भने “रिन्च हाथमा रहेकाे अवस्थामा शव भेटिएकाे हाे । शव फेला परेकाे मानिसकाे गाेजीबाट चक्कु समेत बरामद भएकाे छ । शवकाे प्रकृति हेर्दा चाेरी गर्न छिर्न चाहेकाे हुन सक्छ । हामीले त्यँही अनुसारले अनुसन्धान अगाडी बढाएका छाैं । अनुसन्धानपछि सबै कुरा खुल्छ ।”

शव फेला परेक युवक बिहीबार राति एनआइसी एशीया बैंकमा भएको चोरी गर्ने समूहकै हुनसक्ने स्थानीयले पनि आशंका गरेका छन् ।

बैंकमा चोरी गर्ने समुहले मनी ट्रान्सफरमा समेत चोर्न छानाको जस्तापाता उप्क्याएर भित्र छिर्न लाग्दा करेन्ट लागेर ती युवकको मृत्यु भएको हुन सक्ने स्थानीयकाे आशंका छ । शव सडेर गन्हाउन थालेकाले पनि घटना दुई तीन दिन पहिलकै (बिहीबार राति कै) हुन सक्ने भएकाले थप आशंका उत्पन्न भएको हाे । 

शवको प्रकृति हेर्दा ती युवक मनि ट्रान्सफरमा जस्ता पाताले छाएकाे छतबाट छिर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । 

गत बिहीबार राति लंगडीमै रहेको एनआइसी एशिया बैंकको शाखा कार्यालयमा चोरहरुले बैंकको मुल गेटको सटर नै फोडेर भित्र पसेका थिए ।

बैंकमा जडान गरिएको सिसिटिभी क्यामेरामा कैद भएको भिडियो अनुसार रेनकोट लगाएर आएका दुई जनाले अक्सिजन सिलण्डर सहितको वेल्डिङ मेशीनले सटर काटेर भित्र पसेका थिए ।  

बिहीबार राति बैंकमा भएको चोरी र आइतबार बेलुकी मनि ट्रान्सफरमा युवकको शव भेटिएपछि घटना अझ शंकास्पद देखिएकाले प्रहरीले दुवै घटनालाइ जोडेर अनुसन्धान थालिएकाे जनाएकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...

शिक्षा–स्वास्थ्य कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : प्रभु साह

वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर हटाउने सरकारको निर्णयको स्वागत...