Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

बिन्दवासिनीमा नि:शुल्क आँखा शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. ३ ईटियाहीमा एक दिने निःशुल्क आँखा चेक जाँच तथा परामर्श शिविर सम्पन्न भएको छ ।

श्री हनुमान मन्दिर विकास समिति विन्दवासिनी गापा ३ ईटियाहिको आयोजना तथा नारायणी आई केयर बिर्ता वीरगंजको प्राविधिक सहयोगमा भएको शिविरमा २०७ जनाले आँखा परिक्षण गराएकाे आयोजक संस्थाले जनाएको छ ।

ईटियाहीको श्री कामाख्यामाई बचत तथा ऋण सहकारी संस्थाको प्राङ्गणमा भएको शिविरमा जय पोलिक्लिनिक नारायणी आई केयर वीरगंजका नेत्र रोग विशेषज्ञ एवं नारायणी अस्पतालका आँखा विभागका प्रमुख डा. बि.डि चौरसिया, दृष्टि विशेषज्ञ प्रभात चौरसिया, राजेश यादव लगायतको टिमले आँखा परिक्षण गरेका थिए ।

आँखा परिक्षणको क्रममा आँखाका रोगीहरुलाई निःशुल्क रुपमा औषधी समेत वितरण गरिएको थियो । आँखाको नजदिकी तथा दुरीका समस्या भएका १०० जना बिरामीहरुलाई निःशुल्क रुपमा चश्मा समेत वितरण गरिएको कार्यक्रमका व्यवस्थापक मुकेश चौरसियाले जानकारी दिए ।

शिविरमा संचारकर्मी अजय कुमार चौरसिया, दिपक चौरसिया, रामेश्वर चौरसिया लगायत स्थानिय समाजसेवी, बुद्धिजिवि लगायतको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...