Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

काेराेना संक्रमणबाट पाेखरियाका युवककाे मृत्यु

spot_img
spot_img

वीरगञ्ज । पर्सामा कोरोना संक्रमणबाट थप एक जनाकाे मृत्यु भएको छ । पोखरिया नगरपालिकाकाे वडा नं. १ का ३३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको नारायणी अस्पतालका काेभिड संयाेजक डा. उदयनारायण सिंहले वताए ।

स्वास्थ्यमा समस्या देखिएपछि भदौ १० गते उनी नारायणी अस्पतालमा भर्ना भएका थिए । सोही दिन पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारको क्रममा बिहीबार राति पौने २ बजे उनको मृत्यु भएको संयोजक डा. सिंहले जानकारी दिए ।

‘बिरामीको फोक्सो ९० प्रतिशत जति खराब भइसकेको थियो, रगतमा पनि संक्रमणको लक्षण देखिएको थियो,’ उनले भने, ‘स्वास्थ्य अवस्थामा सुधार नै हुन सकेन, बिहान मृत्यु भयो ।’

नारायणी अस्पतालमा असार २३ गते यता कोही पनि संक्रमितको मृत्यु भएको थिएन । पर्सामा हाल १२ जना मात्रै सक्रिय संक्रमित छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...