Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

जोखिम न्युनिकरणका लागि कुनै कसर बाँकी नराख्ने मन्त्री साहको प्रतिबद्धता

spot_img
spot_img

वीरगंज । प्राकृतिक तथा दैविक प्रकोपको जोखिममा रहेको प्रदेश २ लाई जोखिम न्युनिकरण गर्नका लागि कुनै कसर बाँकी नराख्ने प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले प्रतिबद्धता जनाएका छन् ।

प्रदेश सरकार र आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा जनकपुरस्थित मधेश भवनमा आयोजित बारुण यन्त्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले जोखिम न्युनिकरण गर्ने कार्य चुनौतीपुर्ण भएपनि उक्त चुनौतीलाई आफुले अवसरको रुपमा लिएको बताए । उनले भने, ‘हाम्रो प्रदेश विपद्का दृष्टिकोेणले उच्च जोखिममा छ । तथापी हामी यस विषयमा गम्भिर छौँ । केही हदसम्म जोखिम न्युनिकरण गर्न वारुण यन्त्रले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको छु ।’

विभिन्न किसिमका जोखिमहरुको व्यवस्थापनका लागि केही समयभित्रै गोाष्ठी एवम् तालिमकोे व्यवस्थापन गर्ने मन्त्री साहको भनाई छ । सो अवसरमा १ वटा नेपाली सेनासहित ४ वटा स्थानीय तह गरी ५ वटा वारुण यन्त्र हस्तान्तरण गरिएको छ । १ वटा वारुण यन्त्रको ५६ लाख रुपैयाँका दरले ५ वटाको २ करोड ८० लाख परेको मन्त्रालयले जनाएको छ ।

तत्कालिन आन्तरिक मामिला तथा सञ्चार मन्त्रीले खरिद गरेर वितरण गर्न नसकेर यत्तिकै थन्किएका वारुण यन्त्र मन्त्री साहले पर्साको सखुवाप्रसौनी गाउँपालिका, महोत्तरीको सम्सी गाउँपालिका र रामगोपालपुर नगरपालिका, धनुषाको गणेशमान चारनाथ नगरपालिका र नेपाली सेनाको श्री ९ नम्बर बाहिनी बर्दिबासलाई वारुण यन्त्र हस्तान्तरण गरिएको मन्त्री साहका सञ्चार संयोजक शिवम शाहले जानकारी दिए ।

शाहका अनुसार सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप कुमार जयसवाल, सम्सी गाउँपालिकाका अध्यक्ष नगिना देवी यादव, रामगोपलपुर नगरपालिकाका नगरप्रमुख अशोक कुमार मण्डल, गणेशमान चारनाथ नगरपालिकाका नगरप्रमुख रामबाबु यादव र नेपाली सेनाका प्रतिनीधिलाई वारुणयन्त्र हस्तान्तरण गरिएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...