Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

पकहा मैनपुरकी उपाध्यक्षसहित पर्सामा ३ जनाले राेजे लाेसपा

spot_img
spot_img

वीरगंज । पर्सामा पकहा मैनपुर गाउँपालिकाकी उपाध्यक्ष कुशमी देवीसहित ३ जना जनप्रतिनिधिले लाेकतान्त्रीक समाजवादी पार्टी (लाेसपा) नेपाल राेजेका छन् ।

पर्साका ३ जना जनप्रतिनिधिले लाेसपाकाे पक्षमा सनाखत गरेकाे जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख रंजिता झाले वताइन ।

वीरगंजकाे राधेमाईमा रहेकाे जिल्ला निर्वाचन कार्यालयमा पुगेर पकहा मैनपुर गाउँपालिकाकी उपाध्यक्ष कुशमीसहित पाेखरिया नगरपालिका वडा नं. १ का वडाध्यक्ष बंका राउत कुर्मी र जगरनाथपुर गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष अयाेध्या पटेलले लाेसपा राेज्दै हस्ताक्षर गरेका हुन् ।

यस्तै, प्रदेश सभा सदस्य प्रहलाद गिरीले पनि लाेसपा राेज्ने बुझिएकाे छ । उनी भाेली (बिहिबार) प्रदेश निर्वाचन कार्यालय जनकपुरमा पुगेर महन्थ ठाकुर नेतृत्वकाे लाेसपा राेज्दै हस्ताक्षर गर्ने उनी निकट स्राेतले जनाएकाे छ ।

लाेसपा राेज्नेहरु सबै जना गत निर्वाचनमा तत्कालिन संघिय समाजवादी फाेरमबाट निर्वाचित भएका जनप्रतिनिधिहरु हुन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...