Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

वीरगंजमा मासिक र सप्ताहिक पत्रिकाकाे एकै साथ बिमाेचन

spot_img
spot_img

वीरगंज । प्रदेश नम्बर २ का उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्माले संचार संस्थाकाे विकासकाे लागि आफु सदैव तत्पर रहेकाे वताएका छन् । 

वीरगञ्जबाट प्रकाशित हुने रंगीन मासिक पत्रिका ‘द मिरर अफ सोसाइटी’ र वीरगञ्ज सञ्जाल सप्ताहिक पत्रिकाको बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले संचार संस्थाकाे लागि आफुले अनुदानमा वैकल्पिक उर्जाकाे रुपमा साेलार वितरण गर्न लागेकाे वताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री शर्माले खानेपानीको समस्याबाट गुज्रिरहेका बाराको अमलेखगञ्जका बासिन्दालाई समस्याबाट मुक्त गराउने प्रयासमा आफु लागेको बताए । त्यसकाे लागि बजेट छुट्याएर काम समेत अगाडी बढाई सकेकाे वताउँदै मन्त्री शर्माले अमलेखगंज बासीकाे लागि आफ्नै कार्यकालमा खानेपानीकाे प्रबन्ध गर्ने प्रतिबद्धता जनाए ।

द मिरर आफ सोसाइटीका प्रकाशक एवम् सम्पादक आरसी यादवको अध्यक्षतामा भएको बिमोचन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ का अध्यक्ष गणेश लाठ, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ,  वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध कुमार गुप्ता, संविधान सभा सदस्य आत्माराम साह, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, रेडियाे वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साह, जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता नेजामुद्धिन समानी, नेपाली कांग्रेसका नेता महमद साहबुदिन, नेकपा माओबादी केन्द्रका नेता बाबुराम कौशिक, अधिवक्ता सुरेन्द्र कुर्मी, द मिरर अफ साेसाइटीका सह सम्पादक बिरेन्द्र साह, पन्नालाल साह, वीरगंज संजालका प्रकाशक कृष्ण श्रीवास्तव लगायतकाले मन्तव्य व्यक्त गरेको थिए ।

वीरगंजस्थित राेयल पार्टी प्यालेसमा भएकाे कार्यक्रमको सहजिकरण रेखा सिँहले गरेकी थिइन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवा–भोटेकोशी बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं । रसुवा, भोटेकोशी तथा त्रिशूली करिडोरमा बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि सरकारले १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ...

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका नेता सुजित पाण्डेको निधन

कलैया । बाराको कलैया उपमहानगरपालिका–१४, लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटना हुँदा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–१४...

भोटेकोशी बाढीपीडितका लागि लायन्स इन्टरनेशनलद्वारा एक करोड सहयोग गर्ने निर्णय

वीरगंज । रसुवाको भोटेकोशी तथा ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि लायन्स इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५, नेपालले १ करोड...