Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

वीरगंजमा मासिक र सप्ताहिक पत्रिकाकाे एकै साथ बिमाेचन

spot_img
spot_img

वीरगंज । प्रदेश नम्बर २ का उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्माले संचार संस्थाकाे विकासकाे लागि आफु सदैव तत्पर रहेकाे वताएका छन् । 

वीरगञ्जबाट प्रकाशित हुने रंगीन मासिक पत्रिका ‘द मिरर अफ सोसाइटी’ र वीरगञ्ज सञ्जाल सप्ताहिक पत्रिकाको बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले संचार संस्थाकाे लागि आफुले अनुदानमा वैकल्पिक उर्जाकाे रुपमा साेलार वितरण गर्न लागेकाे वताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री शर्माले खानेपानीको समस्याबाट गुज्रिरहेका बाराको अमलेखगञ्जका बासिन्दालाई समस्याबाट मुक्त गराउने प्रयासमा आफु लागेको बताए । त्यसकाे लागि बजेट छुट्याएर काम समेत अगाडी बढाई सकेकाे वताउँदै मन्त्री शर्माले अमलेखगंज बासीकाे लागि आफ्नै कार्यकालमा खानेपानीकाे प्रबन्ध गर्ने प्रतिबद्धता जनाए ।

द मिरर आफ सोसाइटीका प्रकाशक एवम् सम्पादक आरसी यादवको अध्यक्षतामा भएको बिमोचन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ का अध्यक्ष गणेश लाठ, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ,  वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध कुमार गुप्ता, संविधान सभा सदस्य आत्माराम साह, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, रेडियाे वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साह, जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता नेजामुद्धिन समानी, नेपाली कांग्रेसका नेता महमद साहबुदिन, नेकपा माओबादी केन्द्रका नेता बाबुराम कौशिक, अधिवक्ता सुरेन्द्र कुर्मी, द मिरर अफ साेसाइटीका सह सम्पादक बिरेन्द्र साह, पन्नालाल साह, वीरगंज संजालका प्रकाशक कृष्ण श्रीवास्तव लगायतकाले मन्तव्य व्यक्त गरेको थिए ।

वीरगंजस्थित राेयल पार्टी प्यालेसमा भएकाे कार्यक्रमको सहजिकरण रेखा सिँहले गरेकी थिइन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...