Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

अध्यक्ष चौरसियाको व्यापक भ्रष्टाचार बिरुद्ध युवाहरुको प्रदर्शन

spot_img
spot_img

पर्साको पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष बिजय चौरसियाको व्यापक भ्रष्टाचारको बिरुद्धमा युवाहरुले बिरोध प्रदर्शन गरेका छन् । गाउँपालिका अध्यक्ष चौरसियाले पालिकामा व्यापक अनियमितता गरी भ्रष्टाचार गरेको भन्दै सो गाउँपालिकाका करिब सयौंभन्दा बढि युवाहरुले आज बिरोध प्रदर्शन गरेका हुन ।

पकहा मैनपुरका गाउँपालिकाकाको वडा नं. १ देखी ५ सम्मका युवाहरुले पकहा मैनपुर चौकदेखी सयौंको संख्यामा मोटरसाईकल ¥याली निकाली गाउँपालिका अध्यक्ष चौरसियाको बिरुद्धमा भ्रष्टार बन्द गर, भान्जाको नियुक्ति खारेज गर, उपभोक्ता समिति पारदर्शि गर जस्ता विभिन्न नारा लेखिएको प्ले कार्डसहित गाउँपालिका परिक्रममा गरी बिरोध गरेका हुन ।

मोटरसाईकल ¥यालीसहित युवाहरुको ¥याली पालिकाको सबै वडा परिक्रमा गरी गाउँपालिका कार्यालय अगाडी कोण सभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेकपा एमालेका गाउँपालिका संयोजक अकलेश साह, नेविसंघका राकेश कुशवाह र जसपका युवा नेता नवलकिसोर पटेल लगायतकाले गाउँपालिका अध्यक्षले गरेको भ्रष्टाचारको बिरोधमा मन्तव्य राखेका थिए ।

प्रहरीको साहार लिएर केही ढिलो गाउँपालिका अध्यक्ष चौरसियाले युवाहरुको १५ बुंदे ज्ञापन पत्र बुझेका थिए । सोही क्रममा कर्मचारी र युवाबिच भनाभन हुँदै समान्य झडप समेत भएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले भिडलाई नियन्त्रण गर्दै भडकाउ भएको स्थितलाई समान्य बनाएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

वीरगंजको मुख्य सडक केबलरहित बनाइँदै, विद्युत् र टेलिकमसहितका संरचना भूमिगत गरिने

वीरगंज । विस्तारको क्रममा रहेको वीरगंजको मुख्य सडकलाई केबलरहित बनाउँदै विद्युत्, खानेपानी, टेलिकम तथा अन्य आवश्यक सेवाका संरचना भूमिगत गर्न पहल गरिने भएको छ...

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...