Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

मन्दिरमाथी आक्रमण गरेको भन्दै पाकिस्तान बिरुद्ध वीरगन्जमा प्रदर्शन

spot_img
spot_img
वीरगंज । पाकिस्तानको पञ्जाब प्रान्तस्थित भोङ बजारमा रहेको सिद्धीबिनायक मन्दिरमा बिहीबार भएको तोडफोड घटनाप्रति विश्व हिन्दु परिषद नेपालले घोर भत्सर्ना गर्दै पाकिस्तान बिरुद्ध वीरगन्जमा प्रदर्शन गरेको छ ।
 
परिषद पर्साको अगुवाइमा वीरगन्जको माइस्थान मन्दिर अगाडि बाट पाकिस्तानका प्रधानमन्त्री इमरान खानको तस्बिर सहित निकालिएको बिरोध जुलुस नगर परिक्रममा गरिएको थियो । प्रदर्शनमा सहभागीहरुले पाकिस्तानी प्रधानमन्त्री खान बिरुद्ध चर्को नाराबाजी गरेका थिए ।
 
हिन्दुमाथीको आक्रमण बन्द गर, मन्दिरमाथी आक्रमण गर्ने दोषीलाई कडा कारवाही गर, हिन्दु एकता जिन्दाबाद, गर्भले भनौ हामी हिन्दु हौ लगायतको नारा समेत बिरोध प्रदर्शनका सहभागीले लगाएका थिए ।
 
पाकिस्तानमा बारम्बार अल्पसंख्यकको रुपमा रहेका हिन्दुलाई लक्षित गर्दै आक्रमण गर्दै आएको भन्दै आक्रोशित युवाहरुले पाकिस्तानी झण्डा समेत जलाएका थिए ।
 
बिरोध प्रदर्शनलाइ सम्बोधन गर्दै विश्व हिन्दु परिषद नेपालका महासचिव जितेन्द्र कुमार सिहले सिद्धीबिनायक मन्दिरमा भएको आक्रमणको घटनालाइ पाकिस्तानी सरकारले निश्पक्ष रुपमा छानबिन गरि जिहादी मानसिकता बोकेका दोषीलाई कडा भन्दा कडा कार्वाहीको माग गरे ।
 
पाकिस्तानमा पटकपटक अल्पसङ्ख्यक समुदायमाथि आक्रमण भइरहेको हुँदा आउँदा दिनमा यस किसिमका घटना दोहोरिन नदिन, अल्पसङ्ख्यक समुदायलाई संरक्षण गर्न र आफ्नो धार्मिक आस्था प्रकट गर्न सकिने वातावरण बनाउन पाकिस्तान सरकारसँग माग समेत उनले गरे ।
 
उनले भने, पाकिस्तानमा बिहिबार भएको घटना नयाँ होइन, जिहादी मानसिकता बोकेका पाकिस्तानी मुस्लिमले बारम्बार हिन्दुमाथी आक्रमण गरे पनि पाकिस्तान सरकार उनिहरुलाई कारवाही नगरी उल्टै सम्रक्षन गर्दै आएको आरोप लगाए ।
 
उनिहरुले हिन्दु चेलिहरुको बलात्कार, जबर्जस्ति बिवाह गरि धर्मपरिवर्तन, बिरोध गर्दा हत्या लगायतको घटना हिन्दुमाथी हुँदै आएको समेत उनले बताए । भारत पाकिस्तान बटवाराको बखत पाकिस्तानमा ४२ प्रतिशत भन्दा बढी हिन्दु बसोबास गर्दै आएका थिए, उनले भने, पाकिस्तानी मुस्लिमले जबर्न धर्म परिवर्तन, हत्या गरेका कारण अहिले २/३ प्रतिशतमा अल्पसंख्यकको रुपमा बस्दै आएपनी पाकिस्तान सरकारले शान्ति सुरक्षाको प्रत्याभुती दिलाउन सकेका छैन ।
 
नेपालमा मुस्लिमहरु अल्पसंख्यकको रुपमा भएपनी बहुसंख्यक हिन्दु समाजले सम्मान दिएको छ, उनिहरुमाथी कुनै आच आउन दिएको छैन । यहाँ सम्म प्रदेश २ को मुख्यमन्त्री मुस्लिम भएपनी बहुसंख्यक हिन्दु समाजले उनलाइ स्वीकार्य गर्दै आएको छ, उनले भने, मुस्लिम मुलुकमा हाम्रो समाज अल्पसंख्यक रहेपनी उनिहरुलाइ प्रताडित गर्ने काम भएको छ ।
 
पाकिस्तान सरकारले यथाशिघ्र जिहादी मानसिकता बोकेका कटरपन्थी मुस्लिमलाई कारवाही गरेन भने नेपालमा पनि यसको नकारात्मक असर पर्न सक्ने चेतावनी समेत उनले दिए । बिरोध प्रदर्शनमा विश्व हिन्दु परिषद नेपाल पर्साका जिल्ला सचिव कृष्णमोहन सहाय, नगर अध्यक्ष बृजेश मल्लिक लगायत हिन्दु युवाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...