Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

प्रभु साहकाे पहलमा पर्सामा पनि आइटी आर्मी गठन

spot_img
spot_img

वीरगंज । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री प्रभु साहले सूचना प्रविधिको प्रयोग गरेर नयाँ युग निर्माण गर्ने लक्ष्यका साथ आईटी आर्मी गठन गरिएको बताएका छन् । 

शुक्रबार वीरगञ्जको होटेल पदम पार्टीमा आयोजित आइटी आर्मीकाे प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै पुर्वमन्त्री साहले यस्तो बताएका हुन । पुर्वमन्त्री साहले आईटी आर्मीले मुलूकमा व्याप्त दुराचार, भ्रष्टाचार, बेथितीको विरुद्ध संघर्ष गर्दै बिधमान राजनीतिक संकटको सामना गर्ने दिशामा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले वर्तमान अस्पष्ट व्यवस्थाले मच्चाएको अस्थिरता र अराजता तथा सामन्तवादको बाँकी रहेको अवशेषले समाजमा फैलाएको भ्रमलाई निस्तेज गर्ने कार्यमा समेत आईटी आर्मी सफल हुने बताए । 

भेलाले संताेष पटेलकाे संयाेजकत्वमा ५१ सदस्यीय आईटी आर्मीकाे पर्सा जिल्ला कमिटी गठन गरेकाे छ ।

भेलामा प्रदेश सभा सदस्य कुन्दन कुशवाहा, नेता इशलाम हवारी,  उमेश कुशवाहा, अमिताभ बचन दास लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन सुनिल राैनियारले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...