Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

प्रभु साहकाे पहलमा पर्सामा पनि आइटी आर्मी गठन

spot_img
spot_img

वीरगंज । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री प्रभु साहले सूचना प्रविधिको प्रयोग गरेर नयाँ युग निर्माण गर्ने लक्ष्यका साथ आईटी आर्मी गठन गरिएको बताएका छन् । 

शुक्रबार वीरगञ्जको होटेल पदम पार्टीमा आयोजित आइटी आर्मीकाे प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै पुर्वमन्त्री साहले यस्तो बताएका हुन । पुर्वमन्त्री साहले आईटी आर्मीले मुलूकमा व्याप्त दुराचार, भ्रष्टाचार, बेथितीको विरुद्ध संघर्ष गर्दै बिधमान राजनीतिक संकटको सामना गर्ने दिशामा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले वर्तमान अस्पष्ट व्यवस्थाले मच्चाएको अस्थिरता र अराजता तथा सामन्तवादको बाँकी रहेको अवशेषले समाजमा फैलाएको भ्रमलाई निस्तेज गर्ने कार्यमा समेत आईटी आर्मी सफल हुने बताए । 

भेलाले संताेष पटेलकाे संयाेजकत्वमा ५१ सदस्यीय आईटी आर्मीकाे पर्सा जिल्ला कमिटी गठन गरेकाे छ ।

भेलामा प्रदेश सभा सदस्य कुन्दन कुशवाहा, नेता इशलाम हवारी,  उमेश कुशवाहा, अमिताभ बचन दास लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन सुनिल राैनियारले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...