Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

अवैधरूपमा भण्डारण गरेको लत्ताकपडा बरामद

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १० स्थित एक घरमा शुक्रबार प्रहरीले छापा मारेकाे छ । प्रदेश नं.२ प्रहरी कार्यालय, जनकपुरको सूचना संयन्त्र तथा जिल्ला प्रहरी कार्यालयसमेतको टोलीले शक्रबार विहान ९ बजे छापा हानेकाे थियाे ।

प्रहरी कारवाहीको क्रममा उक्त घरका कोठाहरू रीतपूर्वक खानतलासी गर्दा बिभिन्न किसिमका लत्ताकपडाहरु फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

कोठामा बस्ने मानिसहरू फरार रहेको हुँदा सो लत्ताकपडाहरू बरामद गरी रू चार लाख छ हजार मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए ।

उक्त घरमा भारतबाट भन्सार छली ल्याइएका बिभिन्न किसिमका लत्ताकपडाहरू भण्डारण गरेको भन्ने सूचनाकाे अधारमा प्रहरीले छापा हानेकाे थियाे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...