Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026

नापी कार्यालय पर्साका प्रमुख सिंहद्वारा अनियमितता, सेवाग्राही र कर्मचारी पिडित

spot_img
spot_img

वीरगंज । नापी कार्यालय पर्साका कार्यालय प्रमुखको लापरवाही बढदैगएपछि सेवाग्राही मात्रै होईन स्वयं सो कार्यालयका कर्मचारीहरु समेत पिडित भएका छन् ।

कार्यालय प्रमुखले अनियमित ढंगले निःशुल्क रुपमा उपलब्ध हुने फारममा समेत पैसा खाने गरेको खुलासा भएको छ । नापी कार्यालय पर्साका प्रमुख रामविनय कुमार सिंहले जग्गाको कित्ताकाट फारम र हालसाविक विवरण फारम कार्यालयले निःशुल्क रुपमा उपलब्ध गराउनु पर्नेमा सेवाग्राहीलाई सो फारम किन्न लगाएर पैसा असुल्ने गरेको बताईएको छ ।

त्यसैगरी अहिले कार्यालय प्रमुख सिंहको लापरवाहीको कारण प्रत्येक बर्षका श्रेस्ता मर्मत गर्नु पर्नेमा दुई बर्ष देखि श्रेस्ता मर्मत नगर्दा जिर्ण भएको कार्यालयका कर्मचारीहरुले नै बताएका छन ।

त्यसैगरी कार्यालय प्रमुख सिंहले जनताले तिरेको राजस्वबाट जग्गा नाप्न खटिएका कर्मचारीको पारिश्रमिक कार्यालयबाट दिनु पर्नेमा दुई बर्षदेखि पारिश्रमिक नदिई आफैले खाने गरेको पिडित कर्मचारीहरुले बताएका छन ।

नापी कार्यालयको व्यवस्थापनमा कम्प्युटर सम्बन्धी सामग्री, फर्निचर, स्टेशनरी लगायतका विविध सामग्री विग्रिएको र खरिद गरिएको भनि विल बनाएर रकम खाने गरेको हाल वीरगंजको विर्ता धर्मशाला नजिकै ७५ हजारमा घर भाडामा लिए पनि घरबेटीलाई ५० हजार रुपैया दिने गरेको र अरु रकम आफैले खाने गरेको कार्यालयका अन्य कर्मचारीहरुले बताएका छन् ।

अहिले भाडामा लिएको घर जिर्ण भएको र कार्यालय कोठामा पानी पसेर नक्सा तथा श्रेस्ता विग्रिने अवस्थामा पुगेको बताईएको छ ।

यसैगरी ६ महिनादेखि अहिले सम्म एक पटक पनि स्टाफ मिटिङ्ग नगराएको र केन्द्रले बारम्वार ताकेता गर्दा पनि कार्यालयमा डिजिटल लागु गर्न ध्यान नदिएको आरोप कर्मचारीहरुले लगाएका छन् ।

कार्यालय प्रमुख सिंहले करारमा रहेका कार्यालय सहयोगीहरुको पोशाक भत्ता निकालेर आफैले खाने गरेको र एउटै मान्छेलाई अफिस र फिल्ड दुई ठाउँमा खटाई फिल्डको पैसा आफै बुझने गरेको गुनासो समेत कर्मचारीले गरका छन् । नापी कार्यालयका प्रमुखको लापरवाहीले हद पार गरेपछि अहिले पिडित कर्मचारीहरु अख्तियारमा समेत उजुरी गर्ने तयारीमा रहेका छन् ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कोल्हवीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३६६ जनाले पाए विशेषज्ञ सेवा

बारा । कोल्हवी नगरपालिकाको आयोजनामा तथा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा कोल्हवी प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा...

पर्सा–४ का उत्कृष्ट एसईई विद्यार्थीलाई नगद पुरस्कार र सम्मान

वीरगंज । माद्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका पर्सा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गतका विद्यार्थीहरूलाई प्रतिनिधिसभा सदस्य टेक बहादुर शाक्यले...

ठगी मुद्दाका फरार अभियुक्त गिरधारी कुर्मी पक्राउ

वीरगंज । ठगी सम्बन्धी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंजका अनुसार जिल्ला पर्सा वीरगंज महानगरपालिका–२४ निवासी...