Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

जिराभवानीकाे वडा नं. २ मा निर्मित वडा कार्यालय भवनकाे उद्घाटन

spot_img
spot_img

वीरगंज । पर्साकाे जिराभवानी गाउँपालिका वडा नं. २ मा निर्माण भएकाे वडा कार्यालय भवनकाे बुधबार उद्घाटन गरिएकाे छ ।वडा कार्यालय भवनकाे एक कार्यक्रमकाे बिच गाउँपालिका अध्यक्ष रामप्रित महताेले उद्घाटन गरेका हुन् ।

भवन उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष महताेले भवन निर्माणबाट वडा कार्यालय संचालनमा सहज हुने वताए । उनले लामाे समयदेखी भवन अभावमा वडा कार्यालय संचालनमा हुँदै आएकाे समस्या भवन निर्माणले समाधान हुने वताए ।

आर्थिक बर्ष २०७४/०७५ र २०७७/०७८ काे याेजना अन्तर्गत निर्माण वडा कार्यालय भवनकाे निर्माण कार्य सम्पन्न भएकाे प्रमुख प्रशासकिय अधिकृत प्राण मेहताले वताए ।

३ वटा काेठा, एउटा तालिम हल र एउटा सधारण हल भएकाे एक तल्ले भवन निर्माण भएकाे प्रमुख प्रशासकिय अधिकृत मेहताले जानकारी दिए ।

भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष उषा देबी थरुनी, वडाध्यक्ष महादेव महताे थारु, वडा सदस्य नन्दकिशाेर प्रसाद कानु, शंकर पटवारी, श्रीकान्ती देबी, सहुत देवी, गाउँपालिकाका कर्मचारी सराेज दास, उपेरन्द्र चाैधरी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...