Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

माओबादी केन्द्र पर्साकाे दाेस्राे बैठक सम्पन्न, २७ जनालाई कारवाही गर्ने निर्णय

spot_img
spot_img
वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) पर्सा ज़िल्ला कमिटीको दोश्रो बैठक बुधबार सम्पन्न भएको छ ।
 
ज़िल्ला अध्यक्ष बिजय महतोको अध्यक्षतामा बसेकाे बैठकले विभिन्न निर्णयहरु गरेकाे छ । बैठकमा पार्टीका केन्द्रिय सदस्य तथा पूर्ब मन्त्रि उर्मिला आर्यालले पार्टीको केन्द्रीय परिपत्र पढेर बाचन गरेकी थिइन ।
 
उनले श्रावण २८ गते भित्र पर्सा ज़िल्ला अन्तर्गतको सबै वडा कमिटी, टोल कमिटीहरूलाई गठन तथा पुन:गठन गर्न निर्देशन दिइन ।
 
बैठकले क्षेत्र नम्बर १ कमाण्डरमा रामदरश कसवाहा, क्षेत्र नं. २ को बाबूराम कौशिक, क्षेत्र नं. ३ को छोट्टेलाल यादव, बालेश्वर थारु, रामबाबु बैठालाई ज़िम्मेवरि दिएको छ भने क्षेत्र नम्बर ४ को समायोजन गर्ने ज़िम्मा जिल्ला अध्यक्ष बिजय महतो र बिरगंज महानगरपालिकाको ज़िम्मा रहबर अंसारीलाई दिएकाे छ ।
 
साथै नेकपा माओबादी केन्द्र पर्सा ज़िल्ला सचिवको बेवस्था नभए सम्माको लागी कार्यक्रम संचाल गर्ने ज़िम्मा ज़िल्ला कमिटी सदस्य प्रभाकर गुप्तालाई दिने बैठकले निर्णय गरेकाे छ ।
 
यस्तै बैठकले छिपहरमाई गाउँपालिका अध्यक्ष तथा ज़िल्ला कमिटी सदस्य मनोज गुप्ता लगायत २७ जानालाई बैठकले कारवाही गर्ने निर्णय गरेकाे जिल्ला कमिटी सदस्य प्रभाकर गुप्ताले जानकारी दिए ।
 
बैठकमा प्रदेश कमिटी सदस्य छोट्टेलाल यादव, रामदरश कुशवाहा, बाबुराम कौशिक, बालेश्वर थारु, प्रदेश सभा सदस्य पस्मिना क़ादरी, जगरनाथपुर गाउँपालिका अध्यक्ष ज़ालिम मियाँ लगायतको उपस्तिथि रहेको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...