Date
शनि, जेष्ठ २३, २०८३
Sat, June 6, 2026

तलब बढेका ठाेरीका विद्यालय कर्मचारी र शिक्षकहरुद्वारा गापा अध्यक्ष सम्मानित

spot_img
spot_img

वीरगंज । पर्साकाे ठोरी गाउँपालिकाले न्युन तलबमा कार्यरत विद्यालय कर्मचारी र शिक्षकहरुकाे तलब बढाएकाे छ ।

गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत सबै बालविकास सहयोगी, कार्यालय सहयोगी, कार्यालय सहायक र स्वयम् सेवक शिक्षकको तलबमा कम्तिमा २ हजारदेखि २३३ प्रतिशत सम्म वृद्धि गरेकाे छ ।

गाउँपालिकाले संघीय अनुदानमा रु ८ हजारकाे मासिक तलबमा कार्यरत २७ जना बालविकास सहजकर्ताकाे तलब मासिक ७ हजारले बढाएर १५ हजार, गाउँपालिकाकाे अनुदानमा मासिक ६ हजारमा कार्यरत २१ जना बालविकास सहजकर्ताकाे मासिक तलब ९ हजारले बढाएर १५ हजार पुर्याएकाे छ ।

यस्तै, ४ हजार ५ सयदेखी ७ हजार ५ सय सम्म मासिक तलबमा कार्यरत २४ जना कार्यालय सहयोगीको तलब बढाएर १५ हजार पुर्याइएकाे छ । 

यस्तै, गाउँपालिकाको अनुदानमा १५ हजार मासिक तलबमा अधारभुत विद्यालयमा कार्यरत १० जना स्वयम् सेवक शिक्षककाे तलब मासिक २ हजारले बढाएर १७ हजार, मावि तहमा २५ हजारमा कार्यरत ३ जनाको शिक्षककाे तलब मासिक दुई हजारले बढाएर २७ हजार पुर्याइएकाे छ ।

यस्तै, मावि तहको विद्यालयमा ११ हजार ५ सयमा कार्यरत ५ जना कार्यालय सहायकको तलब मासिक ५ हजार ५ सयले बढाएर १७ हजार, टोल टोलमा सिकाई सहजीकरणका लागि नियुक्त गरिएका ५० जना घरदैलो स्वयमसेवकको तलब ५ हजारबाट बढाएर ७ हजार पुर्याइएकाे गाउँपालिकाले जनाएकाे छ । 

गाउँ सभाले गाउँपालिका अन्तर्गतकाे सामुदायिक विद्यालयहरुमा न्युन तलबमा कार्यरत १४० जनाको तलब वृद्धि गरेकाे हाे । 

गाउँपालिकाले तलब बढाएपछि ठाेरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठलाई तलब बढेका विद्यालय कर्मचारी र शिक्षकहरु सम्मान गरेका छन् । मंगलबार एक कार्यक्रमकाे आयाेजना गरी उनीहरु गाउँपालिका अध्यक्ष श्रेष्ठलाई सम्मान गरेका हुन् ।

श्री ज्ञान ज्योती ने.रा.मा.वि. ठोरी ४, घ्याङडाँडामा भएकाे सम्मान कार्यक्रममा वाेल्दै गाउँपालिका अध्यक्ष श्रेष्ठले ठाेरीकाे शिक्षा सुधार उन्मुख रहेको वताए । भ्रखर केही दिन अगाडी सम्पन्न गाउँ सभाले शिक्षा, स्वास्थ्यमा जोड दिएको वताए ।

उनले त्यसै अन्तर्गत न्युन तलबममा कार्यरत विद्यालय कर्मचारी र शिक्षकहरुकाे तलब बृद्धि गरिएकाे वताए । 

उनले भने “प्रत्येक बर्ष एक ढेड करोड नदि नियन्त्रणमा मै लगानि हुन्छ, माटो पुरी ग्रेबलमा पनि एक ढेड करोड खर्च हुन्छ भने गाउँपालिकाकाे शिक्षामा २ करोड किन लगानी गर्न सकिदैन् । भाैतीक बिकासले मात्र गाउँपालिकाकाे बिकास हुदैन्, शिक्षा, स्वास्थ्यकाे बिकास पनि हुनु पर्छ त्यसै साेच अनुसार शिक्षामा लगानी गरिएकाे हाे ।”

न्यून तलबमा कार्यरत कर्मचारी र शिक्षककाे तलब बृद्धि भएपछि गाउँपालिकाकाे शिक्षाकाे स्तर अझै सुधार उन्नमुख हुने उनले बिश्वास समेत व्यक्त गरे । उनले यहाँकाे सामुदायिक विद्यालयमा राम्रो पढाइ भएका कारण एक/दुई वटा निजि विद्यालय समेत बन्द नै भएको वताए ।  

उनले स्वास्थ्य तर्फ गाउँपालिकामा एम्बुलेन्स फ्रिअ, अस्पतालहरुमा सहुलियत दरमा रक्त, पिसाबको परिक्षणको ब्यवस्था मिलाएको वताए । उनले एक हजार लिटर क्षमता भएको चिसियान केन्द्र तुरुन्तै संचालनमा ल्याउने वताए । 

कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठन ठोरीका अध्यक्ष दिपेन्द्र सापकोटा, शिक्षक माधव तिमिल्सिना, शिक्षिका सावित्री श्रेष्ठ, पारवती तमाङ, नारायण बहादुर गन्द्रभ  लगायतकाले तलब बढाएकाेमा गाउँपालका अध्यक्षलाई मन्तव्य मार्फत धन्यावाद दिएका थिए । कार्यक्रमको संंचालन शिक्षक सुन बहादुर लामा (माईकल) ले गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रोहिणी नक्षत्रसँगै पर्सामा धानको बीउ राख्न सुरु, किसान अझै भारतीय बीउमै निर्भर

सेढवा । रोहिणी नक्षत्र सुरु भएसँगै पर्साका ग्रामीण भेगका किसानहरूले वर्षे धानबालीको तयारी तीव्र बनाएका छन् । किसानहरूले भदई तथा अगहनी धानअन्तर्गत सोना सारो,...

हरवाचरवा समुदायको पुनर्स्थापनाका लागि बजेट छुट्याउन सरकारलाई दबाब

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा हरवाचरवा समुदायको सवाल समेटेकोमा स्वागत गर्दै मुक्त हरवाचरवा अधिकार मञ्चले यसको...

जगरनाथपुर गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाको प्रभावकारी कार्यान्वयन, लक्षित बालबालिकाको...