Date
आइत, असार ७, २०८३
Sun, June 21, 2026

जिउँदै मानिसलाई मृत घोषणा गरेको भन्दै भवानी हस्पिटलमा तोडफोड

spot_img
spot_img

वीरगंज । वीरगञ्जको लिंक रोडस्थित रहेकाे भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा जिउँदै मानिसलाई मृत घोषणा गरेको भन्दै तोडफोड भएको छ ।

जिउँदै मानिसलाई मृत घोषणा गरेको भन्दै मृतकका आफन्त र गाउँलेहरुले हस्पिटल एण्ड रिसर्च सेन्टरमा कार्यरत चिकित्सक र नर्समाथि आक्रमण समेत गरेका थिए । 

गाउँलेहरुसहितका आफन्तको आक्रमणबाट अस्पतालका एक चिकित्सक र एक नर्सलाई चोट लागेको छ । तोडफोडका क्रममा सीसाले लागेर एक बिरामी कुरुवा महिला घाइते भएकी छन् । आक्रोसित गाउँले र आफन्तजनले अस्पतालको इमर्जेन्सी कक्षमा समेत पसेर साइनबोर्ड पनि फ्याँकेर हो हल्ला गर्दै प्रदर्शन गरेका थिए ।

घटनाबारे थाहा पाए लगत्तै घटनास्थलमा पुगेको प्रहरी र प्रदर्शनकारीबीच समेत केहिबेर झडप समेत भएकाे थियाे । पछि प्रहरीले लाठीचार्ज गरेर भीडलाई तितर वितर पारेको थियो ।

ताेडफाेडमा संलग्न रहेको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर २० का राकेश राम, सुरेश राम, अक्षय राम र भीम रामलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

अस्पतालका निर्देशक रामराज श्रेष्ठका अनुसार पहिल्यैदेखि मुुटु रोगबाट ग्रसित ३२ वर्षीया रमितादेवीलाई उपचारका लागि आइतबार बिहान १० बजेतिर अस्पताल ल्याइएको थियो । चिकित्सकले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो ।

अस्पतालले मृत घोषणा गरेपछि आफन्तले अन्तिम संस्कारका लागि लिएर गएका थिए । तर १ बजेतिर रमितालाई पुनः अस्पतालमा फिर्ता ल्याई आफन्त र गाउँलेले जिउँदो मानिसलाई मृत घोषणा गरेको भन्दै प्रदर्शन गरेका थिए ।

‘अस्पताल ल्याएलगत्तै चिकित्सकले चेकजाँच पछि रमितालाई मृत घोषित गरेका थिए । परिवारका सदस्यहरुले शंका लागेर पुनः ल्याउनुभएछ । ईसीजी लगायत जाँच गरेर हेर्दा शरीरमा प्राण थिएन’ उनले भने, ‘नुहाउने क्रममा यताउता चलाउँदा चलेको जस्तो लागेको हुन सक्छ भनेर आफन्तलाई त कुरा बुझाइसकेका थियौं, तर सँगै आएका केही उछृङ्खल व्यक्तिहरुले अस्पताल तोडफोड गर्नुको साथै चिकित्सक र नर्समाथि आक्रमण गरे ।’

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिन्दवासिनीमाई टी–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु, युवा नेता पटेलद्वारा उद्घाटन

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१९ मा शनिबारदेखि श्री बिन्दवासिनी माई टी–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु भएको छ । श्री बिन्दवासिनी माई युवा क्लब, वीरगंज–१९...

जिराभवानी गाउँपालिकाले ल्यायो ४० करोड ८३ लाखको बजेट, शिक्षा-स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

सेढवा । पर्साको जिराभवानी गाउँपालिकाले १७औँ गाउँसभामार्फत आर्थिक वर्ष २०८३/८४ का लागि ४० करोड ८३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष अनोज चौधरीले...

वीरगंजमा लापसे चेकजाँच : ५ चालक नियन्त्रणमा, कारबाहीका लागि प्रहरीको जिम्मा लगाइयो

वीरगंज । वीरगंज महानगरपालिका–१४ स्थित गण्डक क्षेत्रमा सञ्चालन गरिएको लापरवाहीपूर्वक सवारी सञ्चालन (लापसे) सम्बन्धी विशेष चेकजाँच अभियानका क्रममा ५ जना चालकलाई नियन्त्रणमा लिइएको छ...