Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

हिन्दु आस्थासंग खेलावाड गर्ने जसपा हिन्दु विरोधी पार्टी होे : विहिप नेपाल

spot_img
spot_img

वीरगंज । विश्व हिन्दु परिषद नेपालले हिन्दु विरोधी अभिव्यक्ति दिने पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको कारवाहीको माँग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सा र जनता समाजवादी पार्टी कार्यालय पर्सामा ज्ञापन पत्र बुझाएको छ ।

भट्टराईले सनातन हिन्दु धर्म विरुद्ध ट्विट गरेको विरोधमा विश्व हिन्दु परिषद नेपाल आन्दोलित बन्दै भट्टराईलाई कडा भन्दा कडा कारवाहीको माँग गर्दै ज्ञापन पत्र बुझाएको हो । बहुसंख्यक जनताहरुको आस्था एवं मनोभावना माथि ठाडो प्रहार गर्दै धार्मिक साँस्कृतिक परम्परा विरुद्ध अभद्र टिप्णी गर्नु अक्षम्य, निन्दनीय एवं दुर्भाग्यपूर्ण रहेको ज्ञापन पत्रमा उल्लेख छ ।

परिषदका जिल्ला अध्यक्ष ओम प्रकाश साह, सचिव कुन्दन श्रीवास्तव र महानगर अध्यक्ष बृजेश मल्लीकले प्रमुख जिल्ला अधिकारी र जसपालाई ज्ञापन पत्र बुझाउँदै, हिन्दु आस्थासंग खेलवाड गर्ने भट्टराईलाई कडा कारवाही नगरिए देशभरीनै आन्दोलन गर्ने चेतावनी दिए ।

परिषदका जिल्ला अध्यक्ष ओम प्रकाश साहले जनता समाजवादी पार्टी हिन्दु विरोधी पार्टी रहेको आरोप समेत लगाए । भट्टराईले ट्विट्को विरोधमा देशभरी पुतला दहन हुदाँ समेत जसपा पार्टीले अन्देखा गर्नु नै हिन्दु विरोधी पार्टी रहेको प्रमाणित रहेको उनले बताए ।

उनले भने, भट्टराईले हिन्दु समाजसंग माफी समेत नमाग्नुले बहुसंख्यक हिन्दुहरुको भावनालाई लत्याएको र हिन्दु मतको अपमान गरेकोले जसपा हिन्दु विरोधी पार्टी नै रहेको हाम्रो ठहर छ ।

बहुसंख्यक हिन्दुहरु कै मत लिई अस्तित्वमा रहेको जसपाका डा. बाबुराम भट्टराई लगायतका नेताहरुले पटक पटक सनातन हिन्दुधर्म विरोधी वक्तत्व दिदै आएका छन, उनले भने, जसपाले ती नेताहरु विरुद्ध कुनै कारवाही नगुर्नले जनता समाजवादी पार्टीको राजनैतिक चरित्रमाथि नै शंका उत्पन्न भएको छ ।

जसपा हिन्दु विरोधी पार्टी कै रुपमा प्रस्तुत भएको विश्व हिन्दु परिषद नेपाल लगायत धार्मिक संघ संगठन तथा समाजले महसुस गर्न थालेको परिषदका महानगर अध्यक्ष बृजेश मल्लीकले बताए ।

कथित राजनेता द्धारा पटक पटक हिन्दु विरोधी वक्तव्य दिईनुले उनी विधर्मी शक्तिद्धारा परिचालित रहेको समेत स्पष्ट पार्दै यस्ता विधर्मीलाई सरकार र जसपाले कारवाही नगरे जनताले नै कारवाही गरेर पाठ सिकाउँने उनले बताए ।

धर्म संस्कृति विरोधी तत्वहरुलाई साथ दिने जुनसुकै राजनैतिक दलको राजनैतिक अस्तित्व समेत समाप्त पार्न हिन्दु समाज एवं विश्व हिन्दु परिषद नेपाल लगायतका हिन्दु संगठनहरु पछि नपर्ने उनले बताए ।

नेपालको मौलिक धर्म संस्कृति विरुद्ध चौतर्फी आक्रमण भईरहको वर्तमान परिस्थितिमा हिन्दु समाज संगठित हुनुको विकल्प छैन । हामी समय मै सावधान भएनौ भने परिस्थिति झन प्रतिकुल हुने निश्चित छ उनले भने, ।

हाम्रा विच संक्रिय रहेको असमाजिक हिन्दु विरोधी तत्वहरुको समय मै पहिचान गरी पूर्ण बहिष्कार गर्न जसपा लगायतका सम्पूर्ण राजनैतिक दलहरुका नेता कार्यकर्ताहरुलाई परिषद नेपालले अपिल समेत गरेको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...