Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

भाेलन्टियर समुहले पुन: सुरु गर्याे शंकराचार्यद्वाराकाे सरसफाई

spot_img
spot_img

बीरगंज । भाेलेन्टियर समुह वीरगंजले शंकराचार्य गेटको सरसफाई गरेको छ । नेपाल भारत सीमा क्षेत्रमा रहेकाे शंकाराचार्य गेट र आसापासका क्षेत्रमा समूहले सरसफाइ गरेकाे हाे ।

यसअघि २६ हप्तासम्म लगातार गेटकाे सरसफाइ गरेकाे समूहले काेराेना संक्रमणकाे जाेखिमका कारण अभियान स्थगित गरेकाे थियाे । शनिबार सुरू भएकाे सरसफाइ अब उपरान्त निरन्तर सञ्चालन हुने समूहका संयाेजक राजन श्रीवास्तवले जानकारी गराए ।

“यसअघि २६ हप्तासम्म सञ्चालन गरेकाे अभियान महामारीका कारण स्थगित गरेका थियाैं, अब निरन्तर सञ्चालन हुन्छ,” संयाेजक श्रीवास्तवले भने, “घण्टाघर सरसफाइ पनि गर्याैं, यसलाई पनि निरन्तरता दिनेछाैं ।”

शंकराचार्य गेट सरसफाइ गरेकाे समूहले शनिबार नै बीरगन्जकाे केन्द्रविन्दुमा अवस्थित घण्टाघरकाे सरसफाइ समेत गरेकाे थियाे ।

यसै बिच नगर प्रमुख विजय कुमार सरावगीले स्थलगत निरीक्षक गर्नुकाे साथै उक्त स्थललाइ सौर्न्दर्य बनाउनका लागि विभिन्न निकाय संग समन्वय एवं सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । साथै बिगतमा गरिएकाे सरसफाईबाट अवश्य पनि धेरै परिवर्तन भएको र आजबाट फेरि भोलेन्टियर समुहले सुरुवात गरेको सरसफाइ कार्यमा महानगरकाे हातेमालो रहिरहने भन्दै समुहलाइ शुभकामना दिनु भएको भाेलन्टियर समुहका महासचिव श्याम सरार्फले वताए ।

सरसफाई कार्यक्रममा समुहका कमलेश कुश्वाहा, विंकी सरार्फ, राधेश्याम गुप्ता, शेष हजरा, राज सरार्फ, किशन सरार्फ, अनिल हजरा, आकाश सरार्फ लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...