Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

बारबरा पुरस्कारबाट डा. सिंह पुरस्कृत

spot_img
spot_img

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा. निरज कुमार सिंह बारबरा पुरस्कारबाट पुरस्कृत भएका छन् । बारबरा फाउण्डेसनले शनिबार काठमाण्डौमा एक कार्यक्रम गरी डा.सिंहलाई रु.२ लाख ५० हजार रासीको पुरस्कारका साथ सम्मान पत्रले पुरस्कृत गरेको हो ।

बारबरा फाउण्डेसनद्वारा शनिबार काठमाण्डौमा आयोजित सम्मान कार्यक्रमकाबीच डा.सिंहलाई पूर्व राष्ट्रपति डा. रामबरण यादबले रु.२ लाख ५० हजार रासीको पुरस्कारका साथ सम्मान पत्रले पुरस्कृत गरे । कोभिड महामारी विरुद्ध प्रदेश २ मै उल्लेखनीय भूमिका निर्वाह गरेवापत सिंह प्रतिष्ठित बारबरा पुरस्कारबाट पुरस्कृत भएका हुन् ।

चिकित्सा विधा तर्फ यो पुरस्कार प्राप्त गरेसँगै सिंह यो पुरस्कार प्राप्त गर्ने प्रदेश २ मै पहिलो चिकित्सक बनेका छन् । डा. सिंह कोभिड महामारीको समयमा नारायणी अस्पतालमा आउने संक्रमितको उपचार र महामारी नियन्त्रणमा समाजलाई सचेत पार्ने काममा निरन्तर खटेका थिए ।

फाउण्डेसनले यो विधा तर्फ डा. सिंहसहित देशभरका २० जना चिकित्सकलाई पुरस्कृत गरेको छ ।

यस्तै फाउन्डेसनले कोभिड महामारीविरुद्धको लडाइँमा अग्रणी भूमिका निर्वाह गरेका भरतपुर, पाटन, नेपाल प्रहरी र नेपाल एपीएफ अस्पताल, नेपाल एम्बुलेन्स सेवा, हामी नेपाल र नेपाली सेना मृत शरीर व्यवस्थापन समूहलाई संस्थागततर्फ विशिष्ट सम्मान प्रदान गरेको छ ।

नर्सिङ विधामा २७ जना नर्सलाई १ लाख २५ हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको छ । जस अन्तर्गत नारायणी अस्पतालमै कार्यरत स्टाफ नर्स सुभद्रा चौधरी यो पुरस्कारबाट पुरस्कृत भएकी छिन् । मेडिकल सपोर्टतर्फ ल्याब र प्यारा–मेडिकल क्षेत्रमा योगदान गर्ने ९ जनालाई जनही १ लाख नगदका दरले पुरस्कृत गरिएको छ ।

स्वास्थ्य सहयोगी कर्मचारीतर्फ ५ जनालाई १ लाख नगदका दरले नै पुरस्कृत गरिएको छ । उत्कृष्ट व्यवस्थापन, सार्वजनिक नीति विधामा विभिन्न अस्पतालका १९ जना विभागीय प्रमुखलाई पुरस्कार र सम्मान प्रदान गरिएको छ ।

तीमध्ये ३ जनालाई जनही नगद २ लाख ५० हजारसहित पुरस्कार दिइएको र अन्यलाई सम्मान गरिएको छ । बारबरा फाउण्डेशनका अध्यक्ष सन्दुक रुइतले यो सम्मानले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई काम गर्ने हौसला मिल्ने विश्वास ब्यक्त गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने आरोपमा तीन पक्राउ

वीरगञ्ज । खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंमा तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सीतामढी घर भई हाल काठमाडौंको रातोपुलमा...

सिमरामा ४ महिलासहित ५८ जनाले गरे रक्तदान

वीरगञ्ज । बाराको सिमरास्थित सूर्य निवासमा आयोजित रक्तदान कार्यक्रममा ४ महिलासहित ५८ जनाले स्वेच्छिक रक्तदान गरेका छन्। नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन, आधिकारिक युनियन सूर्य...

“सिर्सिया खोला प्रदूषण गर्ने उद्योगलाई एक साताको अल्टिमेटम”

वीरगंज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगबाट सिर्सिया खोलामा भइरहेको प्रदूषण नियन्त्रण गर्न एक साताको समयसीमा दिएकी छन्। मन्त्रालयमा उद्योगीहरूसँग...