Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

जीविकोपार्जनको लागि महिला समुहका सदस्यहरुलाई बाख्रा वितरण

spot_img
spot_img
वीरगंज । जीविकोपार्जनको लागि पर्साकाे पटेर्वा सुगौली गाउँपालीकाका ३ ओटा महिला समुहका सदस्यहरुलाई बाख्रा वितरण गरिएकाे छ । दिव्य यूवा क्लव पर्सा र एक्सन एड नेपालको साझेदारीमा संचालनमा रहेको स्थानीय अधिकार कार्यक्रम अन्तर्गत बाख्रा वितरण गरिएको हो ।
 
पटेर्वा सुगौलीगाउँपालीकाकाे वडा नं. १ मा रहेको बनशक्ति महिला समुहका २३ जना, वडा नं. ५ मा रहेको संसारीमा महिला समुहका ८ जना सदस्य र सातोमाई महिला बचत समुहका ९ जना सदस्य गरि कुल ४० जनालाई जिवीकोपार्जनको लागि बाख्रा वितरण गरिएको दिब्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीले वताए ।
 
महिलाहरु समाजमा आफ्नो पहिचान कायम गर्न नसक्नुको कारण भनेको महिलाहरु आर्थिक रुपमा सशक्त नभएर हो । आर्थिक रुपमा सशक्त नभएको कारणले गर्दा महिलाहरुले घरेलु हिंसा देखी लिएर सामाजिक दुर्व्यवहार समेत सामना गर्नु परिरहेको छ । सामाजिक मुल्य मान्यताको कारणले गर्दा महिलाहरुले आयआर्जनमा सहभागि हुनको लागि समेत समस्या रहेको अवस्थामा महिलाहरुले घरायसी काममा मात्रै व्यस्त भएर समय बिताउने गरेको अवस्था रहेको छ ।
 
यस अवस्थालाई सहज बनाउनको लागि दिव्य यूवा क्लवले पटेर्वा सुगौली गाउँपालीकामा महिला अधिकारको क्षेत्रमा जीविकोपार्जनलाई केन्द्रमा राखेर क्रियाकलापहरु संचालन गरिरहेको छ । यसै कार्यक्रम अन्तर्गत रहेर गठन तथा परिचालनमा रहेको महिला बचत समुहहरुमा आवद्ध रहेका महिलाहरुको लागि आयआर्जनमा संलग्नता वृद्धि गर्नको लागि घुम्ती कोष परिचालन तथा महिलाहरुको क्षमता अभिवृद्धि गर्ने क्रियाकलापहरु संचालन गरिरहेको छ ।
 
स्थानीय समुहमा आवद्ध महिलाहरुले बाख्रा पालन गरि जिवीकोपार्जन गरि आर्थिक रुपमा सशक्त भएर परिवारको आर्थिक उपार्जनमा सहयोग गर्न बाख्रा वितरण गरिएकाे कार्यकारी निर्देशक कुर्मीले वताए ।
 
दिव्य युवा क्लवका अध्यक्ष देवनाथ ठाकुरको अध्यक्षयता र पटेर्वा सुर्गौली गाउँपालीका वडा न. ५ का वडाध्यक्ष मोतिलाला साह तेली को प्रमुख आतिथ्यतामा भएकाे बाख्रा वितरण कार्यक्रममा बाल प्रायोजना संयोजक सुनील भारती, वित्त तथा प्रशानन अधिकृत श्यमकिशोर चौहान लगायतकाे सहभागिता रहेको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवा–भोटेकोशी बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं । रसुवा, भोटेकोशी तथा त्रिशूली करिडोरमा बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि सरकारले १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ...

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका नेता सुजित पाण्डेको निधन

कलैया । बाराको कलैया उपमहानगरपालिका–१४, लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटना हुँदा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–१४...

भोटेकोशी बाढीपीडितका लागि लायन्स इन्टरनेशनलद्वारा एक करोड सहयोग गर्ने निर्णय

वीरगंज । रसुवाको भोटेकोशी तथा ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि लायन्स इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५, नेपालले १ करोड...