Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

सामाजिक अभियन्ता कञ्चन झा नेपाली कांग्रेस प्रबेश, अब राजनीति गर्ने

spot_img
spot_img

वीरगंज । सामाजिक अभियन्ता कञ्चन झा नेपाली कांग्रेसमा आवद्ध भएर जनताको सेवामा लाग्ने उदघोष गरेका छन् ।

झाले कुनै तामझाम नगरि मञ्च र सभा समारोहको परम्परागत शैली तोड्दै आफू नेपाली कांग्रेसमा प्रवेश गरेको एक भिडियो मार्फत सूचित गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको करिब २ मिनेटको भिडिओमार्फत झाले आफू कांग्रेसमा आवद्ध भएको प्रष्ट्याएका छन् ।

वीपी स्मृति दिवसको अवसर पारेर कांग्रेससँग जोडिएको औपचारिक घोषणा गरेका झा १५ वर्षदेखि वीरगञ्जलाई मुख्य थलो बनाएर विभिन्न सामाजिक क्रियाकलाप गर्दै आईरहेका थिए । सामुदायिक संस्था सानो पाइलाको संस्थापक समेत रहेका झा समाजिक विकृति विरुद्ध खर्रो रुपमा उत्रेका थिए । सोहि कारण समुदाय स्तरमा पनि उनको राम्रो प्रभाव छ ।

सामुदायिक हित र उत्थानका लागि लागिपरेका झा यसअघि कुनै पनि पार्टीमा खुलेका थिएनन् । वीरगञ्ज महानगरलाई सम्बोधन गर्दै झाले भिडिओमार्फत भनेका छन्, ‘हामीबीचको विश्वासलाई उपलब्धिपूर्ण उँचाइमा पु¥याउन जननायक वीपी कोइराला स्मृति दिवसको विशेष दिनमा नेपाली कांग्रेस मार्फत नयाँ यात्रा थालनी गरेको छु ।’ यो भिडिओ हेर्दा झा वीरगञ्जलाई नै आधार बनाएर राजनीतिमा अघि बढ्न चाहेको बुझिन्छ ।

भिडिओमा झाले वीरगञ्जको सौन्दर्य, सम्भावना, समस्या र समाधान तथा समुदाय सहभागितालाई खास जोड दिएका छन् । शारांसमा, वीरगञ्जवासीसँगै सामूहिक पाइला चाल्ने र भोजपुरीया नगरी वीरगञ्जलाई खुसहाल सहर बनाउने झाको अन्तरनिहित चाहना भिडिओमा व्यक्त गरिएको छ ।

वीरगञ्ज महानगरमा केन्द्रीत रहेर सामुदायिक सशक्तिकरण अभियानको अगुवाई गरिरहेका झा वीरगञ्जवासीका समस्या र चाहनाबारे जानकार छन् ।

कुलतमा फसेका युवा, बेचबिखनमा परेका चेलिबेटि, भूकम्प पिडित, अभिभावकविहीन बालबालिका संरक्षण, कोभिड, बाढी पिडित लगायतका प्राकृतिक विपद्मा तथा अप्ठेरोमा परेको समुदायसम्म तत्कालै पुगेर समस्या सम्बोधन गर्न सक्ने खुबीले झा चाँडो प्रभाव जमाउन सकेका छन् । वीरगञ्जका युवाहरूमा समेत पनि उनको राम्रो प्रभाव छ ।

१५ वर्ष लामो समाजसेवाको यात्रामा झाले सञ्चारकर्मलाई पनि प्रमुख माध्यम बनाउँदै आएका छन् । अलजजीरा, सीजीटीएन लगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको अनुभव बटुलेका झाले काठमाडौंबाट प्रकाशित हुने पत्रिकाहरूमा समसामयिक विषयहरूमा स्तम्भ लेख्दै आएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जेनजी आन्दोलनको एक वर्षपछि पनि परिवर्तनको अपेक्षा अधुरै : कमन जेनजी अध्यक्ष साह

काठमाडौं । कमन जेनजी नेपालले ऐतिहासिक जेनजी आन्दोलन भएको एक वर्ष बितिसक्दासमेत देशले अपेक्षित राजनीतिक निकास पाउन नसकेको निष्कर्ष निकालेको छ । आन्दोलनपछि समाधान...

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...