Date
आइत, कार्तिक १५, २०८३
Sun, November 1, 2026

समाजवादी विद्यार्थी युनियन पर्साका उपाध्यक्षसहित ११ जनाले दिए राजिनामा

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन पर्साका बरिष्ठ उपाध्यक्ष कृष्ण चाैरसियासहित ११ जनाले राजिनामा दिएका छन् ।

पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टाराईले समाजिक संजालमा हिन्दु धर्ममाथी अघात पुग्ने गरी दिएकाे अभिव्यक्ति प्रति आपती जनाउँदै आफुहरुले सामुहिक रुपमा राजिनामा दिएकाे उपाध्यक्ष चाैरसियाले वताए ।

उनीसंगै जिल्ला सचिव राजु राज गिरी, काेषाध्यक्ष सुशिल यादव, सदस्यहरु सन्दीप चौहान, अंकुश मण्डल, प्रित्तम उपाध्याय, रवि गुप्ता, ओमहरी यादव, राजकुमार साह, भुवन गिरी, दिलखुश देवानले राजिनामा दिएका हुन् ।

उनीहरुले आफुहरु आवद्ध रहेको संगठन निकट पार्टी कै संघिय परिषद अध्यक्ष डा. भट्टाराईले आफ्नो टुईटर मार्फत हिन्दु धर्ममाथी अघात पुग्ने गरी दिएको अभिव्यक्ति प्रति खेद समेत प्रकट गरेका छन् ।

यस अघि पनि उनेले बारम्बार हिन्दु धर्ममाथी अघात पुग्ने र हिन्दु समुदायलाई अपमानित हुने गरी अभिव्यक्ति दिदै आउनु भएकोले हाम्रो धर्म र संस्कृृति माथी आँच पुग्ने हुँदा हामी उहाँ अध्यक्ष रहेको पार्टी निकट विद्यार्थी संगठनका पदाधिकारीहरुले सामुहिक रुपमा राजिनामा दिन बाध्य भएकाे चाैरसियाले वताए ।

यसका साथै पार्टीको विद्यान विपरित एकतर्फी रुपमा संघिय परिषद अध्यक्ष डा. भट्टाराई र पार्टी अध्यक्ष उपेन्द्र यादवले विभिन्न प्रलोभनमा परी मधेश आन्दोलनका मुद्दा समेत छोडेको निष्कर्ष निकाल्दै आफुहरु पार्टीमा रहीरहनु कुनै औचित्य नरहेको ठहर गर्दै राजिनामा दिएकाे जिल्ला सचिव राजु राज गिरीले वताए ।

उनले भने नेताहरुले मधेशका मुद्दाहरु आफनो निजी मन्त्रालयको लोभ लालच र स्वार्थका लागि पटक पटक धोका समेत दिदै आएको हाम्रो निष्कर्ष रहेको छ । पार्टीको गतिविधि र हिन्दु धर्ममाथि बारम्बार आघात हुने गरी दिएको अभिव्यक्तिको घोर विरोध गर्दै पार्टीमा रही रहनु औचित्य नभएको हुनाले आजको मिति देखि लागु हुने गरी पार्टीबाट सामुहिक रुपमा राजिनामा दिएका छौ ।”

समाजवादी विद्यार्थी युनियन पर्साका अध्यक्षलाई बुझाउने राजिनामा जनता समाजवादी पार्टी पर्सा, जनता समाजवादी पार्टी नेपाल केन्द्रिय कार्यालय काठमाण्डौ, समाजवादी विद्यार्थी युनियन केन्द्रिय कार्यालय काठमाण्डौ र समाजवादी विद्यार्थी युनियन, प्रदेश नं‍. २ जनकपुरलाई समेत वाेद्धार्थ गरिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...