Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

समाजवादी विद्यार्थी युनियन पर्साका उपाध्यक्षसहित ११ जनाले दिए राजिनामा

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन पर्साका बरिष्ठ उपाध्यक्ष कृष्ण चाैरसियासहित ११ जनाले राजिनामा दिएका छन् ।

पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टाराईले समाजिक संजालमा हिन्दु धर्ममाथी अघात पुग्ने गरी दिएकाे अभिव्यक्ति प्रति आपती जनाउँदै आफुहरुले सामुहिक रुपमा राजिनामा दिएकाे उपाध्यक्ष चाैरसियाले वताए ।

उनीसंगै जिल्ला सचिव राजु राज गिरी, काेषाध्यक्ष सुशिल यादव, सदस्यहरु सन्दीप चौहान, अंकुश मण्डल, प्रित्तम उपाध्याय, रवि गुप्ता, ओमहरी यादव, राजकुमार साह, भुवन गिरी, दिलखुश देवानले राजिनामा दिएका हुन् ।

उनीहरुले आफुहरु आवद्ध रहेको संगठन निकट पार्टी कै संघिय परिषद अध्यक्ष डा. भट्टाराईले आफ्नो टुईटर मार्फत हिन्दु धर्ममाथी अघात पुग्ने गरी दिएको अभिव्यक्ति प्रति खेद समेत प्रकट गरेका छन् ।

यस अघि पनि उनेले बारम्बार हिन्दु धर्ममाथी अघात पुग्ने र हिन्दु समुदायलाई अपमानित हुने गरी अभिव्यक्ति दिदै आउनु भएकोले हाम्रो धर्म र संस्कृृति माथी आँच पुग्ने हुँदा हामी उहाँ अध्यक्ष रहेको पार्टी निकट विद्यार्थी संगठनका पदाधिकारीहरुले सामुहिक रुपमा राजिनामा दिन बाध्य भएकाे चाैरसियाले वताए ।

यसका साथै पार्टीको विद्यान विपरित एकतर्फी रुपमा संघिय परिषद अध्यक्ष डा. भट्टाराई र पार्टी अध्यक्ष उपेन्द्र यादवले विभिन्न प्रलोभनमा परी मधेश आन्दोलनका मुद्दा समेत छोडेको निष्कर्ष निकाल्दै आफुहरु पार्टीमा रहीरहनु कुनै औचित्य नरहेको ठहर गर्दै राजिनामा दिएकाे जिल्ला सचिव राजु राज गिरीले वताए ।

उनले भने नेताहरुले मधेशका मुद्दाहरु आफनो निजी मन्त्रालयको लोभ लालच र स्वार्थका लागि पटक पटक धोका समेत दिदै आएको हाम्रो निष्कर्ष रहेको छ । पार्टीको गतिविधि र हिन्दु धर्ममाथि बारम्बार आघात हुने गरी दिएको अभिव्यक्तिको घोर विरोध गर्दै पार्टीमा रही रहनु औचित्य नभएको हुनाले आजको मिति देखि लागु हुने गरी पार्टीबाट सामुहिक रुपमा राजिनामा दिएका छौ ।”

समाजवादी विद्यार्थी युनियन पर्साका अध्यक्षलाई बुझाउने राजिनामा जनता समाजवादी पार्टी पर्सा, जनता समाजवादी पार्टी नेपाल केन्द्रिय कार्यालय काठमाण्डौ, समाजवादी विद्यार्थी युनियन केन्द्रिय कार्यालय काठमाण्डौ र समाजवादी विद्यार्थी युनियन, प्रदेश नं‍. २ जनकपुरलाई समेत वाेद्धार्थ गरिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशको शिक्षा सुधारबारे शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

वीरगंज । आम विद्यार्थी मोर्चाले मधेशका विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्याबारे शिक्षा मन्त्री सुस्मित पोखरेलसँग पाँचवटा खुला प्रश्न गर्दै तत्काल सुधारका लागि ठोस...

सुखचैनाको विद्यालयलाई मनोज ग्यासको १ लाख ४४ हजार सहयोग, स्वास्थ्य चौकीलाई दुई थान एसी

वीरगंज । वीरगंज महानगरपालिका–२१ सुखचैनास्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र जोशी माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापनका लागि मनोज ग्यास प्रालिले १ लाख ४४ हजार रुपैयाँ...

पर्साका प्रहरीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य सचेतना

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा प्रहरी अधिकृत तथा कर्मचारीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...