Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

३ दिने प्रशंसनीय खोज तालिम सुरु

spot_img
spot_img

वीरगंज । दिब्य युवा क्लब पर्सा र एक्सनएड नेपालको संयुक्त साझेदारीमा सञ्चालित स्थानिय अधिकार कार्यक्रम अन्तर्गत संस्थाका कार्यसमिति तथा कार्यक्षेत्रका कर्मचारीहरुको लागि ३ दिने प्रशंसनीय खोज तालिम शुक्रबादेखी वीरगंजमा सुरु भएकाे छ ।

सुरु भएकाे तालिमकाे उद्घाटन जिल्ला समन्वय समिति पर्साका उप प्रमुख ठाकुर प्रसाद न्याैपानेले गरेका थिए । तालिमकाे उद्घाटन गर्दै उप प्रमुख न्याैपाने तालिमले खाेज पद्धतिकाे विकास हुने वताए ।

उनले खाेजलाई प्रशंसनिय ढंगले अगाडी बढाउनु पर्ने वताउँदै दिव्य निरन्तरता दिनु पर्ने सुझाए ।

जिल्ला समन्वय समिति, पर्साकाे सभा हलमा सुरु भएकाे तालिममा कार्यसमितिका १३ जना र कर्मचारी तर्फ १५ जना गरि जम्मा ३८ जनाको सहभागिता रहेको छ ।

तालिमकाे उद्देश्य बारे दिव्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त पटेलले गरेका थिए ।

तालिमकाे मुख्य उद्धेश्य चाही अहिलेको परस्थितिलाई मध्य नजर गर्दै समाजिक परिचालनमा नयाँ परस्थितिका साथमा कसरी समुदायमा परिचालन हुने र समाजमा परिवर्तन ल्याउन, अबको नौलो अभ्यास के हुने भनी रहेको उनले वताए ।

दिव्य युवा क्लबका अध्यक्ष देवनाथ ठाकुरकाे अध्यक्षतामा भएकाे तालिम उद्घाटन कार्यक्रममा जिल्ला समन्वय अधिकारी छबिरमण भट्टराई, दिव्य युवा क्लबका उपाध्यक्ष सुकमिन देबी, सचिव जयनारायण चाैधरी, काेषाध्यक्ष कन्हैया प्रसाद लगायतकाले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन संस्थाका जयनारायण चाैधरीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...