Date
मङ्ल, असार २३, २०८३
Tue, July 7, 2026

ट्रकमा सवार महिलालाई जबरजस्ती करणी गर्ने दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । ट्रकमा सवार १९ वर्षिय महिलालाई पटक पटक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ ।

वीरगंज महानगरपालिकाकाे वडा नं‍. २१ बस्ने २७ वर्षिय सुनील महतो र पोखरिया न.पा. वडा नं.६ बस्ने  २५ वर्षिय शिवबालक महतोलाई असार ३० गते बुधबार प्रहरीले पक्राउ गरेकाे हाे । 

असार २७ गते बिहान रुकुम जिल्ला घर भएकी १९ वर्षिय महिला २ वर्षिय छोरा सहित बुटवल जानको लागि कलङ्की चोकनिर सार्वजनीक सवारी साधनको प्रतिक्षा गर्दै थिइन ।

सोही बखत  ना.५.ख.२८७० नम्बरको ट्रक चालक  सुनील महतोले  नारायणगढसम्म पुर्‍याइदिन्छु भनी उनलाई ट्रकमा चढाए । पहिरोका कारण चितवनमा बाटोमा जाम थियो ।

जाममा गाडी रोकिएको अवस्थामा महतोले  ट्रकको क्याबिनभित्र सीटमा जबरजस्ती करणी गरेको उनले जाहेरीमा उल्लेख गरेकी छिन । असार २८ गते जाम खुलेपछि महतोले  युवतीलाई चितवनको रामनगरसम्म ल्याई दिउसो १ बजे  शिवबालक महतोले चलाएको ना.६ख.३३६९ नं. को ट्रक रोकी उक्त ट्रकमा चढाइदिए ।

ट्रक बुटवल जाने भन्दै आफूलाई ट्रकमा चढाएको ति युवतीले बताइन । महतोले ट्रकमा उनलाई बीरगञ्जतर्फ ल्याएको र बीरगञ्ज ल्याउने क्रममा  पथलैया अमलेखगंज सडक खण्डको जङ्गल एरियामा पुगेपछि राजमार्ग छेउमा ट्रक रोकी पटकपटक करणी गरिएको पीडित महिलाले बताइन ।

असार गते बिहान ८ बजे महतोले  सोही ट्रकका सहचालक सोही ठाउँका २७ वर्षिय इन्दल चौहानलाई गाडी चलाई ड्राइपोर्टसम्म पुर्‍याउन भनेकोमा निज सहचालक इन्दल चौहाननाको ४०  वर्षिय ब्यक्तिले पीडितलाई ड्राइपोर्ट परवानीपुर सडकखण्डको बिचतिर गाडी रोकी पालैपालो जबर्जस्ती करणी गरी ड्राइपोर्टमा ल्याई अलपत्र अवस्था छोडी हिँडेका थिए । 

दिउसो ५ बजेको समयमा र्सिसिया प्रहरी चौकीबाट निस्किएको गस्ती टोलीले ति महिलालाई फेला पारी उद्धार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओम प्रकाश खनालले बताए ।

प्रहरीले पीडित महिलाको नालीबेली ससनीसकेपछि घटनामा संलग्न सुनील महतो र शिवबालक महतोलाई उनीहरुले  चलाएको दुइटा ट्रसहित गिरफतार गरेको छ ।

पीडित महिलाले असार ३० गते नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । महिलाको स्वास्थ्य परिक्षण आसार ३१ गते बीरगंजको नारायणी अस्पतालमा भएको छ ।

प्रतिवादीलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थमाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको डीएसपी खनालले जानकारी दिए । २ घटनामा सलंग्न अन्य २ जना व्यक्तिहरुको खोजतलाश भइरहेको उनले वताए । 

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद पन्तको आरोप : प्रहरीकै मिलेमतोमा नेपालीलाई क्यासिनो प्रवेश, तस्करी रोक्न पनि असफल

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य (सांसद) हरि पन्तले गृह जिल्ला पर्साको प्रहरी प्रशासनमाथि गम्भीर प्रश्न उठाउँदै क्यासिनोमा नेपालीहरूको गैरकानुनी...

पर्सामा कारबाट १०२ केजीभन्दा बढी गाँजा बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले १०२ केजी ६३८ ग्राम गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । गाँजा ओसारपसारमा प्रयोग गरिएको भारतीय नम्बर प्लेटको कारसमेत...

जगरनाथपुर–३ जमुनियामा नवनिर्मित प्रवेशद्वार उद्घाटन

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका–३, जमुनिया गाउँको प्रवेशस्थलमा निर्माण गरिएको पक्की स्वागत प्रवेशद्वार (गेट) को सोमबार उद्घाटन गरिएको छ । पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति...