Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

बाल क्लबका सदस्यहरुलाई बाल अधिकार बारे ३ दिने तालिम

spot_img
spot_img

वीरगंज । पर्साकाे पटेर्वा सुगौली गाउँपालिकामा बाल अधिकार सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । 

दिब्य युवा क्लब पर्सा र एक्सनएड नेपालको सयुक्त साझेदारीमा सञ्चालित स्थानिय अधिकार कार्यक्रम अन्तर्गत पटेर्वा सुगाैलीमा गठित बाल क्लबका सदस्यहरुकाे लागि भएकाे तालिम सम्पन्न भएकाे हाे ।

बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै भौतिक दुरी कायम गरेर तालिम संचालन गरिएको थियो । सो तालिममा ४० जना बालबालिकाहरुको सहभागिता रहेको थियो ।

तालिमको सामापन्न गर्दै दिब्य युवा क्लब पर्साका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीले अहिलेका बिषम परस्थितिमा बालबालिकाहरुको बिधालय बन्द हुँदा उनीहरुमाथि बिभिन्न नकारात्मक असरहरु देखिन थालेको वताए ।

उनले भने “बिद्यालय बन्द हुँदा पढाईलाई बिर्सदै जाने, पढ्नबाट डराउने, पढ्ने साहस छोडेर ज्याला मजदुरी गर्ने, घर चलाउन तर्फ उन्मुख हुने, ज्यालादारीमा काम गर्ने, कुलतमा फस्न थालेका छन् । यस्ता असरहरुले गर्दा बालबालिकाहरु शिक्षाबाट बञ्चित हुने संकेत देखिन्छ ।” 

यी सबै कुराहरुलाई ध्यानमा राखी बालबालिकाहरुलाई यस बिषम परस्थितिमा जागरुक बनाउन, प्रेरित गर्न तथा शिक्षालाई दैनिकीसंग जोड्न तालिम आयाेजना गरिएकाे उनले वताए ।

तालिममा बालअधिकार कर्मी जया साह तथा सुनिल कुमार भारतीले प्रशिक्षण दिएका थिए ।

तालिममा बालबालिकाहरुको अधिकारका बारेमा चौतर्फी रुपले छलफल गरिएको थियो भने समाजमा बालबालिकाहरुको दायित्व, सहभागिता, संरक्षण, शिक्षा, पोषणको बारेमा छलफल गरिएको थियो । साथै बालक्लब, बालअधिकारको उत्पति, प्रचलित ऐन कानुनको बारेमा पनि छलफल गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...