Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

नेता कुर्मीकाे श्रद्धान्जली सभा सम्पन्न, पार्टीलाई ठुलाे क्षति भयाे : नेता रिजाल

spot_img
spot_img

वीरगंज । प्रजातन्त्र स्थायीत्वका लागी सबै प्रजातन्त्र शक्ति एक हुन जरुरी रहेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले बताएका छन् ।

कालिकामाई गाउँपालिका अध्यक्षका प्रत्यासी तथा पुर्ब गाविस अध्यक्ष राजेन्द्र कुमार कुर्मीको निधनकाे १३ औं दिनको पुण्य तिथीमा आयाेजित श्रद्धान्जली सभालाई सम्बाेधन गर्दै नेता रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई एकलौटी हुकुमी शासन गर्न खोजेको र संबिधान बिपरित देशलाई संचालन गर्न खोजेको आरोप लगाए ।

ओलीद्वारा विगठित प्रतिनिधि सभा सर्वाेच्चले पुन:स्थापना गरिदिएकाे निर्णयकाे स्वागत गर्दै उनले अदालतकाे परामादेश अनुसार अब शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने वताए ।

उनले नेता कुर्मीकाे निधनले पार्टीलाई ठूलाे क्षति भएकाे वताए । उनले भने “कुर्मी कालिकामाईकाे मात्र नभई पर्सा जिल्ला कै नेता थिए । पार्टीले एक कुशल, कर्मठ, ईमान्दार र प्रजातन्त्रका लागी आफना समर्पण गरेका थिए र सारा जीवन पार्टी कै लागी निर्वाह गरे ।” रिजालले नेता कुर्मीको उदेश्य प्राप्तीका लागी गाउँपालिका सहित हामी सबै एक साथ भएको प्रतिबद्धता जनाए ।

नेपाली कांग्रेस पर्सा क्षेत्रनमबर ४ को आयोजनामासभामा भएकाे श्रद्धान्जली सभामा प्रदेश २ का प्रदेश सदस्य शंकर चौधरी, महासमिती सदस्य बशिष्ठनारायण कुर्मी, बृहस्पतिकृष्ण श्रेष्ठ, जिल्ला सचिव किशोरी साह कानु, श्याम पटेल, जिल्ला सदस्य नविन सिंह, पंचानन्द मिश्रा, धर्मेन्द्र पटेल, क्षेत्रीय सचिव बलिस्टर अहम्मद, छठु साह लगायतकाले फुलमाला सहित श्रद्धान्जली अपर्ण गर्दै वहाको निधन प्रति शोकमन्तब्य राख्दै सराहाना गरेका थिए ।

कार्यक्रममा पुर्ब संबिधान सभा सदस्य प्रधुमन चौहान, नेपाल शिक्षक महासंघ पोखरीयाका अध्यक्ष प्रर्बत ठाकुर, कालिकामाई गाउँपालिकाकाे वडा नं. १ का वडाध्यक्ष रामाशिष यादव, कालिकामाई गाउँ कार्यपालिका सदस्य रामानन्द ठाकुर, स्थानिय अगुवा रजाक राउत गदी, संजय साह गोढ लगायत सयौंकाे संख्यामा बिभिन्न पार्टीका नेता, कार्यकर्ता तथा सर्बसाधारणको सहभागीता रहेको थियो ।

कार्यवाहक क्षेत्रिय अध्यक्ष रामेश्वर महतोको अध्यक्षतामा भएको कार्यक्रमकाे संचालन क्षेत्रिय सचिव श्रीकान्त यादवले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जेनजी आन्दोलनको एक वर्षपछि पनि परिवर्तनको अपेक्षा अधुरै : कमन जेनजी अध्यक्ष साह

काठमाडौं । कमन जेनजी नेपालले ऐतिहासिक जेनजी आन्दोलन भएको एक वर्ष बितिसक्दासमेत देशले अपेक्षित राजनीतिक निकास पाउन नसकेको निष्कर्ष निकालेको छ । आन्दोलनपछि समाधान...

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...