Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

वैवाहिक बर्षगाठमा छात्राबासमा स्टेशनरी सहयाेग

spot_img
spot_img

वीरगंज । वैवाहिक बर्षगाठकाे अवसरमा एक युवकले आमाकाे मायाँ छात्रावासमा स्टेशनरी सहयाेग गरेका छन् ।

पर्साकाे धाेबिनी गाउँपालिका वडा नं. ३ गुलरिया निवासी सुदिल पटेलले आफ्नाे बैवाहिक बर्षगाठकाे अवसरमा छात्राबासमा रहेका छात्रहरुकाे लागि स्टेशनरी सहयाेग गरेका हुन् ।

ब्लु हेभेन एकेडेमीका प्रधानाध्यापक समेत रहेका पटेल वीरगंजकाे आदर्शनगरस्थित बजरंग टाेलमा रहेकाे छात्रावास मै पुगी कांपी, पेन, क्याल्कुलेटर र ट्रान्सलेसन बुक सहयाेग गरेका थिए । सहयाेग सामग्री छात्रावासका प्रमुख रुपेश हाँस्दाकाे जिम्मा लगाइएकाे थियाे ।

साे अवसरमा पशुपति शिक्षा मन्दिरका प्राचार्य प्रेमधर पाण्डे, हिन्दु स्वयंसेवक संघका जनकपुर संवाहक रंजित साह, प्रचारक सुरज अवस्थी, नेपाल पत्रकार महासंघ पर्साका सदस्य नरेश सरार्फ, पत्रकार शम्भु कुमार सुमन लगायतकाे उपस्थिती रहेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...