Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

वैवाहिक बर्षगाठमा छात्राबासमा स्टेशनरी सहयाेग

spot_img
spot_img

वीरगंज । वैवाहिक बर्षगाठकाे अवसरमा एक युवकले आमाकाे मायाँ छात्रावासमा स्टेशनरी सहयाेग गरेका छन् ।

पर्साकाे धाेबिनी गाउँपालिका वडा नं. ३ गुलरिया निवासी सुदिल पटेलले आफ्नाे बैवाहिक बर्षगाठकाे अवसरमा छात्राबासमा रहेका छात्रहरुकाे लागि स्टेशनरी सहयाेग गरेका हुन् ।

ब्लु हेभेन एकेडेमीका प्रधानाध्यापक समेत रहेका पटेल वीरगंजकाे आदर्शनगरस्थित बजरंग टाेलमा रहेकाे छात्रावास मै पुगी कांपी, पेन, क्याल्कुलेटर र ट्रान्सलेसन बुक सहयाेग गरेका थिए । सहयाेग सामग्री छात्रावासका प्रमुख रुपेश हाँस्दाकाे जिम्मा लगाइएकाे थियाे ।

साे अवसरमा पशुपति शिक्षा मन्दिरका प्राचार्य प्रेमधर पाण्डे, हिन्दु स्वयंसेवक संघका जनकपुर संवाहक रंजित साह, प्रचारक सुरज अवस्थी, नेपाल पत्रकार महासंघ पर्साका सदस्य नरेश सरार्फ, पत्रकार शम्भु कुमार सुमन लगायतकाे उपस्थिती रहेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवा–भोटेकोशी बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं । रसुवा, भोटेकोशी तथा त्रिशूली करिडोरमा बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि सरकारले १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ...

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका नेता सुजित पाण्डेको निधन

कलैया । बाराको कलैया उपमहानगरपालिका–१४, लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटना हुँदा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–१४...

भोटेकोशी बाढीपीडितका लागि लायन्स इन्टरनेशनलद्वारा एक करोड सहयोग गर्ने निर्णय

वीरगंज । रसुवाको भोटेकोशी तथा ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि लायन्स इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५, नेपालले १ करोड...