Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

पूर्व गाविस अध्यक्ष कुर्मीकाे निधन

spot_img
spot_img

परवानीपुर । बाराको परवानीपुर गाउँपालिकाका नेपाली कांग्रेसका नेता किशाेर कुमार कुर्मीकाे निधन भएकाे छ । परवानीपुर गाउँपालिकाकाे वडा नं. ५ बहुअरीका निवासी कुर्मीकाे ५९ बर्षकाे उमेरमा निधन भएकाे हाे ।

 पुर्व गाविस अध्यक्ष समेत रहेकाे कुर्मीको नेशनल मेडिकल कलेज वीरगंजमा शनिबार सांझ उपचारकाे निधन भएकाे थियाे । कुर्मीकाे शनिबार राति नै निज निवास बहुअरीमा अन्त्येष्टि समेत गरिएकाे गरिएकाे थियाे ।

त्यस अघि कुर्मीलाई पार्टीकाे झन्डा ओढाएर नेपाली कांग्रेसका नेताहरुले श्रद्धान्जली अर्पण गरेका थिए ।

लामो समयदेखि मृगौला रोगले पीडित उनको विभिन्न अस्पतालमा उपचार हुँदै आएको थियो । उनी पञ्चायती काल देखि नै राजनीतिमा लागेका थिए । उनी गाविस अध्यक्ष हुँदा आफ्नो गाउँको विकाससँगै पार्टीलाई एउटा अलग दिशामा अघि बढाएका थिए ।

उनको कार्यकालमा सडक निकाल्ने, स्कूलको व्यवस्थापन, अति गरीब, निमुखा जस्ता आम नागरिकको लागि रोजगारीको व्यवस्था गर्ने लगाएतको लोकप्रिय कामहरू भएका थिए । उनी लगभग गाउँको हरेक क्षेत्रमा विकासका कामहरू गरेका थिए ।

अन्त्येष्टिमा सहभागि नेपाली कांग्रेसका महाधिबेसन प्रतिनिधि जगदिश गुप्ताले नेता कुर्मीकाे निधनले पार्टीलाई ठूलो क्षति पुगेकाे बताए ।

उनको निधनले आफू निःशब्द भएको र आज पूरा गाउँपालिका नै शोकमा डुबेको नेपाली कांग्रेस परवानीपुर गाउँपालिकाका पार्टी सभापति पुन्देव यादवले वताए ।

गाउँपलिका अध्यक्षका प्रत्यासी लालबाबु यादवले दुःख व्यक्त गर्दै पार्टीको लागि उनले गरेका योगदानलाई कहिले पनि बिर्सन नसक्ने बताए ।

यसैगरी, पार्टीका युवा नेता प्रभु पटेलले नेता कुर्मीकाे निधन प्रति दुःख व्यक्त गर्दै उनी युवाको लागि प्रेरणाको स्रोत रहेको र आफूहरु उनीबाट धेरै कुरा सिकेको बताए ।

अन्त्येष्टि कार्यक्रममा परवानीपुर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष इशवरी साह, वीरगन्ज महानगरपालिका रामगढवाका पूर्व गाविस अध्यक्ष जंगाली राउत कुर्मी, लोहा सिंह लगायत गाउँका अन्य पार्टीका पार्टी नेता, समाजसेवी, सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जेनजी आन्दोलनको एक वर्षपछि पनि परिवर्तनको अपेक्षा अधुरै : कमन जेनजी अध्यक्ष साह

काठमाडौं । कमन जेनजी नेपालले ऐतिहासिक जेनजी आन्दोलन भएको एक वर्ष बितिसक्दासमेत देशले अपेक्षित राजनीतिक निकास पाउन नसकेको निष्कर्ष निकालेको छ । आन्दोलनपछि समाधान...

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...