Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

पूर्व गाविस अध्यक्ष कुर्मीकाे निधन

spot_img
spot_img

परवानीपुर । बाराको परवानीपुर गाउँपालिकाका नेपाली कांग्रेसका नेता किशाेर कुमार कुर्मीकाे निधन भएकाे छ । परवानीपुर गाउँपालिकाकाे वडा नं. ५ बहुअरीका निवासी कुर्मीकाे ५९ बर्षकाे उमेरमा निधन भएकाे हाे ।

 पुर्व गाविस अध्यक्ष समेत रहेकाे कुर्मीको नेशनल मेडिकल कलेज वीरगंजमा शनिबार सांझ उपचारकाे निधन भएकाे थियाे । कुर्मीकाे शनिबार राति नै निज निवास बहुअरीमा अन्त्येष्टि समेत गरिएकाे गरिएकाे थियाे ।

त्यस अघि कुर्मीलाई पार्टीकाे झन्डा ओढाएर नेपाली कांग्रेसका नेताहरुले श्रद्धान्जली अर्पण गरेका थिए ।

लामो समयदेखि मृगौला रोगले पीडित उनको विभिन्न अस्पतालमा उपचार हुँदै आएको थियो । उनी पञ्चायती काल देखि नै राजनीतिमा लागेका थिए । उनी गाविस अध्यक्ष हुँदा आफ्नो गाउँको विकाससँगै पार्टीलाई एउटा अलग दिशामा अघि बढाएका थिए ।

उनको कार्यकालमा सडक निकाल्ने, स्कूलको व्यवस्थापन, अति गरीब, निमुखा जस्ता आम नागरिकको लागि रोजगारीको व्यवस्था गर्ने लगाएतको लोकप्रिय कामहरू भएका थिए । उनी लगभग गाउँको हरेक क्षेत्रमा विकासका कामहरू गरेका थिए ।

अन्त्येष्टिमा सहभागि नेपाली कांग्रेसका महाधिबेसन प्रतिनिधि जगदिश गुप्ताले नेता कुर्मीकाे निधनले पार्टीलाई ठूलो क्षति पुगेकाे बताए ।

उनको निधनले आफू निःशब्द भएको र आज पूरा गाउँपालिका नै शोकमा डुबेको नेपाली कांग्रेस परवानीपुर गाउँपालिकाका पार्टी सभापति पुन्देव यादवले वताए ।

गाउँपलिका अध्यक्षका प्रत्यासी लालबाबु यादवले दुःख व्यक्त गर्दै पार्टीको लागि उनले गरेका योगदानलाई कहिले पनि बिर्सन नसक्ने बताए ।

यसैगरी, पार्टीका युवा नेता प्रभु पटेलले नेता कुर्मीकाे निधन प्रति दुःख व्यक्त गर्दै उनी युवाको लागि प्रेरणाको स्रोत रहेको र आफूहरु उनीबाट धेरै कुरा सिकेको बताए ।

अन्त्येष्टि कार्यक्रममा परवानीपुर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष इशवरी साह, वीरगन्ज महानगरपालिका रामगढवाका पूर्व गाविस अध्यक्ष जंगाली राउत कुर्मी, लोहा सिंह लगायत गाउँका अन्य पार्टीका पार्टी नेता, समाजसेवी, सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...