Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

छिपहरमाई गाउँपालिका पूर्ण खाेप घाेषणा

spot_img
spot_img

छिपहरमाई । पर्साकाे छिपहमाई गाउँपालिकालाई शनिबार एक समाराेहकाे बिच पूर्ण खोप घोषणा गरिएकाे छ ।   

वडा नं. ३ का वडाध्यक्ष अध्यक्ष बिनोद साहको अध्यक्षतामा भएकाे समाराेहका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले गाउँपालिकालाई पूर्ण खाेप घाेषणा गरेका थिए ।

पूर्ण खाेप घाेषणा समाराेहलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष गुप्ताले गाउँपालिका अन्तर्गतका जन्मेदेखी २३ महिना सम्मका सम्पूर्ण बालबालिकाहरु पूण खोप लगाइसकेकाेले पुर्ण खोप घोषणा गरिएको वताए ।  

उनले गाउँपालिकालाई पूर्ण खाेप घाेषणामा सहयाेग गर्ने स्वास्थ्यकर्मीहरुलाई धन्यावाद समेत व्यक्त गरे ।

गाउँपालिकाले स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेकाे अध्यक्षत गुप्ताले वताए । गाउँपालिकाकाे प्रत्येक वडाहरुमा बर्थिंग सेन्टर स्थापना गर्ने याेजना अनुसार आगाडी बढिएकाे वताउँदै उनले बाकी रहेकाे दुईटा वाडमा चाँडै नै बर्थिंग सेन्टर स्थापना गरिने वताए ।

वडा नं.  ३ काे जयमंगलापुरमा भएकाे पूर्ण घाेषणा समाराेहमा प्रमुख प्रशासकिय अधिकृत देवनाथ साह, वडाध्यक्ष राजबलि राउत अहिर, बालक राउत गदी, महिन्द्र साह कलवार, मौजिलाल साह, कार्यकर्ता अगुवा सुवाह साह, ज्ञानबहादुर साह, गाउँपालिका स्वास्थ्य संयोजक शम्भु साह, जिल्ला समन्वय समिति पर्साका सदस्य सुभाष गुप्ता, मनाेज पटेल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...