Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

दिव्य युवा क्लबले बाँड्याे कालिकामाई ५ का ६२ परिवारलाई खाद्यान्न

spot_img
spot_img

वीरगंज । दिव्य युवा क्लब बिरन्चीबर्वाले पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ५ बलुवाका दलित तथा विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेकाे छ ।

आवर संसारकाे सहयाेगमा बलुवाका दलित तथा विपन्न ६२ घरधुरीहरूलाई खाद्यान्न वितरण गरिएकाे दिब्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त पटेलले वताए ।

प्रत्येक घरदुरीलाई साेना मंसुरी चामल १ बाेरा, मसुराे दाल ३ किलाे, खाने तेल १ लिटर, स्वाबीन १ किलाे, चाना १ किलाे, नुन १ किलाे, पिठाे ५ किलाे, नुहाउने साबुन ३ पिस तथा कपडा धुने साबुन ३ पिस वितरण गरिएकाे उनले जानकारी दिए ।

दिब्य युवा क्लब, पर्साका अध्यक्ष देवनाथ ठाकुरकाे अध्यक्षतामा भएकाे राहत वितरण कार्यक्रममा दिब्य युवा क्लब पर्साका सचिव जयनारनयण प्रसाद कुर्मी, कार्यसमिति सदस्य साेनालाल राउत कुर्मी, कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मी, आवर संसारका सुगम दहाल, स्थानिय अगुवा रामायण मुखिया बीन, राजदेव गिरी, नगिना पसवान, सदिक मियाँ, हदिस मियाँ, महन्त गिरी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

क्लबले वितरण गरेकाे खाद्यान्नले बलुवाका ६२ गरिब घरपरिवारलाई करिब १ महिना सम्म दैनिक जिवनयापन गर्न सहज हुने छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...