Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

डेसिमल कलेजमा “समुदायमा सरकारी वकिल” सम्बाद कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज ।

सरकारी वकिल कार्यालय पर्साको आयोजनामा “समुदायमा सरकारी वकिल” सम्बाद कार्यक्रम आज वीरगंजमा सम्पन्न भएको छ।

वीरगंज पानीटंकी स्थित डेसिमल कलेजमा भएको कार्यक्रममा डेसिमल कलेजको कानुन संकायमा अध्यनरत २५ जना बिधार्थीहरु र सरकारी वकिल कार्यालय पर्साका वकिल एव अन्य पदाधिकारीहरु बीच कानुन संग सम्बन्धित बिभिन्न बिषयमा सम्बाद भएको थियो ।

कार्यक्रम मा फौजदारी मुद्दाको अनुसन्धान अभियोजन र न्याय सम्पादन सम्बन्धि  बिद्यार्थीहरुको जिज्ञासा एव प्रशनहरुलाई जिल्ला सरकारी वकिल कार्यालय पर्साका कार्यालय प्रमुख जिल्ला न्यायाधिवकता श्री पदमबहादुर कार्की लगायत उपस्थित सरकारी वकिल कार्यालयका कर्मचारीहरुले सम्बोधन गरेका थिए।

सम्बाद कार्यक्रमको सहजीकरण जिल्ला सरकारी वकिल कार्यालय पर्साका सहायक न्यायाधिवकता दिपेश साहले गर्नु भएको थियो भने कार्यक्रममा डेसिमल कलेजका अध्यक्ष सन्नी कुमार दुबे र कलेजका निर्देशक रंजित पण्डित लगायतको उपस्थिति रहेको थियो। 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भाथाधाममा ट्र्याक्टरबाट खसेका किशोरको चक्काले किचेर मृत्यु, चालक फरार

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरको सोही ट्र्याक्टरले किचेर मृत्यु भएको...

२५ वर्षदेखि बन्द वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगंज । करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदल स्थलगत निरीक्षणमा जुटेको छ ।...

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुर । मुक्त हरवाचरवाको पहिचान, भूमि अधिकार तथा पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा हजारौँ मुक्त हरवाचरवाले विरोध प्रदर्शन गरेका छन्। हरवाचरवा संघर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो...