Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

जिराभवानी गाउँपालिकाकाे ८ औं गाउँ सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे जिराभवानी गाउँपालिकाकाे आठौ गाउँ सभा शुक्रबार सम्पन्न भएकाे छ । वडा नं ३ स्थित बितो महतो जनता माबि जितपुर नौकाटोलाको भवनमा भएको सभा आर्थिक बर्ष २०७८/०७९ को निति, कार्यक्रम तथा बजेट पारित गरि सम्पन्न भएकाे हाे ।

गाउँपालिका अध्यक्ष रामपृत महताेकाे अध्यक्षतामा भएकाे गाउँ सभामा गाउँपालिकाकी उपाध्यक्ष उषा देबी थरुइनीले  पालिकाकाे कुल बजेट ३४ कराेड ७१ लाख बराबरकाे निति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन ।

जसमा आय तर्फ संघ सरकारकाे समानिकरण अनुदान ९ कराेड ८८ लाख, राजश्व बाँडफाड ६ कराेड ३६ लाख, सर्शत अनुदान ११ कराेड ९३ लाख, बिशेष अनुदान एक कराेड २५ लाख, सम्पुरक अनुदान ८३ लाख लगायत प्रदेश सरकारकाे विभिन्न अनुदान एक कराेड ३६ लाख रहेकाे छ ।

उपाध्यक्ष थरुइनीले पंजुगत खर्च अनुमानित ८ कराेड, चालु खर्च तर्फ साढे ५ कराेड, शिक्षा तर्फ डेढ कराेड, कृषी तर्फ ५० लाख, स्वास्थ्य तर्फ ५० लाख लगायतकाे अन्य शिर्षकमा विनियाेजित बजेट समेत प्रस्तुत गरेकी थिइन ।

गाउँपालिकाले शिक्षा, स्वास्थ्य तथा कृषिलाई प्राथमिकता दिएर बजेट तयार गरेकाे जनाएकाे छ। गाउँपालिका परम्परागत खेतीलाई बिस्थापित गरी कृषिमा आधुनिकिकरण गरी कृषि उत्पादन बढाउने लक्ष्य लिएकाे प्रमुख प्रशासकिय अधिकृत प्राण मेहताले वताए ।

यसका साथै उनन्त जातका बिऊ बिजन उत्पादन तथा कोल्ड स्टोरको ब्यवस्थापनमा पालिकाले जोड दिने योजना बनाएकाे उनले वताए । भूमिगत सिचाई भन्दा बिनास हुँदै गएका सिचाईका मुहानको संरक्षण गरी प्रयोगमा ल्याइने गाउँपालिकाले जनाएकाे छ ।  

कुलत तथा बिकृतिमा लागेका यूवा शक्तिलाई पेशागत तालिम प्रदान गरी सामाजिक बिकासमा ल्याउने कार्यक्रममा पनि जोड दिएकाे छ । पालिका क्षेत्रमा रहेका खोलाबाट बैज्ञानिक मापदण्ड अपनाउदै नदिजन्य पदार्थ उत्खनन गरिने जनाईएकाे छ।

गाउँ सभामा वडाध्यक्ष शेख नुमान आजम, महादेव महताे थारु, उमेश सिंह, सुबाष राउत थारु, दारा सिंह, गाउँ कार्यपालिका सदस्य, गाउँ सभा सदस्य लगायत गाउँपालिकाका कर्मचारीहरुकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...