Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

जिराभवानी गाउँपालिकाकाे ८ औं गाउँ सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे जिराभवानी गाउँपालिकाकाे आठौ गाउँ सभा शुक्रबार सम्पन्न भएकाे छ । वडा नं ३ स्थित बितो महतो जनता माबि जितपुर नौकाटोलाको भवनमा भएको सभा आर्थिक बर्ष २०७८/०७९ को निति, कार्यक्रम तथा बजेट पारित गरि सम्पन्न भएकाे हाे ।

गाउँपालिका अध्यक्ष रामपृत महताेकाे अध्यक्षतामा भएकाे गाउँ सभामा गाउँपालिकाकी उपाध्यक्ष उषा देबी थरुइनीले  पालिकाकाे कुल बजेट ३४ कराेड ७१ लाख बराबरकाे निति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन ।

जसमा आय तर्फ संघ सरकारकाे समानिकरण अनुदान ९ कराेड ८८ लाख, राजश्व बाँडफाड ६ कराेड ३६ लाख, सर्शत अनुदान ११ कराेड ९३ लाख, बिशेष अनुदान एक कराेड २५ लाख, सम्पुरक अनुदान ८३ लाख लगायत प्रदेश सरकारकाे विभिन्न अनुदान एक कराेड ३६ लाख रहेकाे छ ।

उपाध्यक्ष थरुइनीले पंजुगत खर्च अनुमानित ८ कराेड, चालु खर्च तर्फ साढे ५ कराेड, शिक्षा तर्फ डेढ कराेड, कृषी तर्फ ५० लाख, स्वास्थ्य तर्फ ५० लाख लगायतकाे अन्य शिर्षकमा विनियाेजित बजेट समेत प्रस्तुत गरेकी थिइन ।

गाउँपालिकाले शिक्षा, स्वास्थ्य तथा कृषिलाई प्राथमिकता दिएर बजेट तयार गरेकाे जनाएकाे छ। गाउँपालिका परम्परागत खेतीलाई बिस्थापित गरी कृषिमा आधुनिकिकरण गरी कृषि उत्पादन बढाउने लक्ष्य लिएकाे प्रमुख प्रशासकिय अधिकृत प्राण मेहताले वताए ।

यसका साथै उनन्त जातका बिऊ बिजन उत्पादन तथा कोल्ड स्टोरको ब्यवस्थापनमा पालिकाले जोड दिने योजना बनाएकाे उनले वताए । भूमिगत सिचाई भन्दा बिनास हुँदै गएका सिचाईका मुहानको संरक्षण गरी प्रयोगमा ल्याइने गाउँपालिकाले जनाएकाे छ ।  

कुलत तथा बिकृतिमा लागेका यूवा शक्तिलाई पेशागत तालिम प्रदान गरी सामाजिक बिकासमा ल्याउने कार्यक्रममा पनि जोड दिएकाे छ । पालिका क्षेत्रमा रहेका खोलाबाट बैज्ञानिक मापदण्ड अपनाउदै नदिजन्य पदार्थ उत्खनन गरिने जनाईएकाे छ।

गाउँ सभामा वडाध्यक्ष शेख नुमान आजम, महादेव महताे थारु, उमेश सिंह, सुबाष राउत थारु, दारा सिंह, गाउँ कार्यपालिका सदस्य, गाउँ सभा सदस्य लगायत गाउँपालिकाका कर्मचारीहरुकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...