Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

अवैध सामान लाेड गरेका २ वटा ट्याक्टर र एक वटा ट्रक पक्राउ

spot_img
spot_img

वीरगंज । अबैधरूपमा खुद्रा सामान, केराउ र स्याउ लोड रहेका २ वटा ट्याक्टर र १ वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

तालुक प्रदेश नं. २ प्रहरी कार्यालय, जनकपुरको सूचना संयन्त्र तथा जिल्ला प्रहरी कार्यालयसमेतको टोलीले ना.१ त. ७०४५ र ना.४ त.८५६२ नं. को ट्रयाक्टर नियन्त्रणमा लिएकाे हाे ।

बीरगञ्ज महानगरपालिकाकाे वडा नम्बर १९ मा बीरगञ्जबाट बहुअरी गाउँतर्फ जाँदैगरेका २४ हजार केजी स्याउ लाेड गरिएकाे ट्रक र ६ हजार केजी लोड गरिएको ट्रयाक्टर मंगलबार राति १२:०५  बजे नियन्त्रणमा लिइएकाे लिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

साे सामानकाे कुनै बिलबिजक नरहेको र उक्त मालसामानहरू भारततर्फ अवैधरूपमा निकासी गरी लाँदैगरेको भन्ने खुल्न आएकोले नियन्त्रणमा लिईएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए ।

नियन्त्रणमा लिइएकाे स्याउ, केराउ र सवारीसाधनको रू २२ लाख ६० हजार मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि बीरगञ्ज भन्सार कार्यालयमा पठाइएको उनले जानकारी दिए ।

प्रहरी कारबाहीको क्रममा जिल्ला पर्सा बीरगञ्ज महानगरपालिका वडा नम्बर १९ मा बीरगञ्जबाट बहुअरी गाउँतर्फ जाँदैगरेका २ वटा ट्रयाक्टरलाई रोकी जाँच गर्ने क्रममा दुवै चालकहरू ट्रक र ट्रयाक्टर छोडी तत्काल फरार भएको प्रहरीले जनाएकाे छ ।

 यस्तै, वीरगंज महानगरपालिकाकाे वडा नं. ८ घण्टाघरमा खुद्रा सामान बोकी बीरगञ्जबाट नारायणघाटतर्फ जाँदैगरेको जय बजरंग बली ट्रान्सपोर्टको ना २ ख ८६१७ नं.को ट्रकलाई पनि प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएकाे प्रहरी टाेलीले भन्सार छली गरी अवैधरूपमा मालसामानहरू ट्रकमा लोड गरी लाँदै गरेको अवस्थामा साेमबार राती १०.१० बजे नियन्त्रणमा लिइएकाे जनाइएकाे छ ।

 ट्रक रोकी जाँच गर्ने क्रममा चालक तत्काल फरार भएकोले जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

ट्रकमा भएका मालसामान तथा ट्रकको अन्दाजी मूल्य रू. २० लाख मूल्याङ्कन गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रवक्ता खनालले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...