Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

छिपहरमाईका ४५ बाढी पीडितले पाए राहत

spot_img
spot_img

भिस्वा । सानो पाइलाकाे सहयोगमा छिपहरमाई युवा समाजले पर्साकाे छिपहरमाई गाउँपालिकाका ४५ बाढी पीडिलाई राहत सहयाेग गरेकाे छ ।

छिपहरमाई गाउँपालिकाको मिर्जापुर, भेड़िहार्वा, जयमंगलापुर, तुलसी बार्वा, भिस्वा लगायतका ४५ पीड़ित परिवारलाई राहत स्वरूप चामल, दाल, नून, तेल, सोयाबीन, चना, चीउरा, भुजिया, चाऊ चाऊ, आलू, प्याज, बिस्कुटको  लगायतकाे खाद्य सामग्री सहयाेग गरिएकाे युवा समाजले जनाएकाे छ ।

छिपहरमाई गाउँपालिकाका अशोक कुशवाहा, राजीव जयसवाल, मनिकान्त गुप्ता, रबि महतो केवट, मृर्तुजा मिंया, हातिम अन्सारी, गुन्जन सिंह, बुलट अन्सारी लगायतका सल्लाहकार भएका छिपहरमाई युवा समाजका युवाहरू आलोक कुशवाहा, सन्दीप साह कानू, आदित्य कुमार साह, जाबेद मियां तेली, रूपेश उपाध्याय, अखिलेश कुशवाहा, हारून समानी, मनोज पटेल, सुग्रीम साह (बाबा), अजय कुमार, रोहित कुमार, सुजीत गुप्ता (गोलू), सोनू कुमार (करीमन), कीर्तिमान साह, अयूब मंसूरी लगायतका युवाहरुको समूहले राहत सहयाेग गरेकाे हाे ।

अविरल बर्षाका कारण छिपहरमाई गाउँपालिका डुबानमा परेको छ । प्राकृतिक प्रकोप बाढ़ीको चपेटामा परेको छिपहरमाई गाउँपालिकाको पांचै वाड डुबानमा परेको छ । बाढ़ीका कारण छिपहरमाई गाउँपालिकाका केहि स्थानियको घरमा बाढ़ीको पानी पसेर उनीहरुलाई पाल मुनि बस्न बाध्य बनाएका छन् भने धेरै जनाको घर बाढ़ीलेले भत्केका कारण घर बिहीन भएका छन् ।

डुबानमा परेका पीडितलाई स्थानिय निकाय, जनप्रतिनिधि तथा सम्बन्धीत निकायबाट कुनै किसिमको राहत नआएपछि छिपहरमाई गाउँपालिकाका प्रत्येक वडाका युवाहरूको जमात ” छिपहरमाई युवा समूह” एक जुट भई अति बिपन्न पीड़ित परिवारलाई सानो पाइला सामाजिक संस्थासंगकाे समन्वयमा राहत बितरण गरेकाे वताइएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...