Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026

छिपहरमाईका ४५ बाढी पीडितले पाए राहत

spot_img
spot_img

भिस्वा । सानो पाइलाकाे सहयोगमा छिपहरमाई युवा समाजले पर्साकाे छिपहरमाई गाउँपालिकाका ४५ बाढी पीडिलाई राहत सहयाेग गरेकाे छ ।

छिपहरमाई गाउँपालिकाको मिर्जापुर, भेड़िहार्वा, जयमंगलापुर, तुलसी बार्वा, भिस्वा लगायतका ४५ पीड़ित परिवारलाई राहत स्वरूप चामल, दाल, नून, तेल, सोयाबीन, चना, चीउरा, भुजिया, चाऊ चाऊ, आलू, प्याज, बिस्कुटको  लगायतकाे खाद्य सामग्री सहयाेग गरिएकाे युवा समाजले जनाएकाे छ ।

छिपहरमाई गाउँपालिकाका अशोक कुशवाहा, राजीव जयसवाल, मनिकान्त गुप्ता, रबि महतो केवट, मृर्तुजा मिंया, हातिम अन्सारी, गुन्जन सिंह, बुलट अन्सारी लगायतका सल्लाहकार भएका छिपहरमाई युवा समाजका युवाहरू आलोक कुशवाहा, सन्दीप साह कानू, आदित्य कुमार साह, जाबेद मियां तेली, रूपेश उपाध्याय, अखिलेश कुशवाहा, हारून समानी, मनोज पटेल, सुग्रीम साह (बाबा), अजय कुमार, रोहित कुमार, सुजीत गुप्ता (गोलू), सोनू कुमार (करीमन), कीर्तिमान साह, अयूब मंसूरी लगायतका युवाहरुको समूहले राहत सहयाेग गरेकाे हाे ।

अविरल बर्षाका कारण छिपहरमाई गाउँपालिका डुबानमा परेको छ । प्राकृतिक प्रकोप बाढ़ीको चपेटामा परेको छिपहरमाई गाउँपालिकाको पांचै वाड डुबानमा परेको छ । बाढ़ीका कारण छिपहरमाई गाउँपालिकाका केहि स्थानियको घरमा बाढ़ीको पानी पसेर उनीहरुलाई पाल मुनि बस्न बाध्य बनाएका छन् भने धेरै जनाको घर बाढ़ीलेले भत्केका कारण घर बिहीन भएका छन् ।

डुबानमा परेका पीडितलाई स्थानिय निकाय, जनप्रतिनिधि तथा सम्बन्धीत निकायबाट कुनै किसिमको राहत नआएपछि छिपहरमाई गाउँपालिकाका प्रत्येक वडाका युवाहरूको जमात ” छिपहरमाई युवा समूह” एक जुट भई अति बिपन्न पीड़ित परिवारलाई सानो पाइला सामाजिक संस्थासंगकाे समन्वयमा राहत बितरण गरेकाे वताइएकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जगरनाथपुर गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाको प्रभावकारी कार्यान्वयन, लक्षित बालबालिकाको...

सरकारी निर्देशनविपरीत नारायणी अस्पतालमा दैनिक ज्यालादारीमा कर्मचारी भर्ना

वीरगंज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कर्मचारी नियुक्ति रोक्न सम्बन्धी निर्देशनविपरीत नारायणी अस्पतालले दैनिक ज्यालादारीमा कर्मचारी भर्ना गरेको पाइएको छ । अस्पतालले २०८३...

विश्व वातावरण दिवसमा गौतम माविद्वारा विद्यार्थीलाई निःशुल्क विरुवा वितरण

वीरगंज । विश्व वातावरण दिवसको अवसरमा गौतम माद्यमिक विद्यालयले विद्यार्थीहरूलाई विभिन्न प्रजातिका विरुवा वितरण गर्दै वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू सम्पन्न गरेको छ । हरियाली संरक्षण...