Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

एक महिलासहित ६० जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । जी.पी. कोईराला फाउण्डेशन पर्साकाे आयाेजनामा साेमबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

नेपालका पुर्व प्रधानमन्त्रि तथा नेपाली कांग्रेसका पूर्व सभापति स्व. गिरिजा प्रसाद कोईरालाको ९८ औं जन्म जयन्तिको अवसरमा भएकाे कार्यक्रममा एक महिलासहित ६० जनाले रक्तदान गरेका हुन् ।

कोरोना महामारीका कारण ब्लड बैंक वीरगंज शाखामा रगत अभाव भएकोले जन्मोत्सवको अवसर पारेर अकास्मिक रक्तदान कार्यक्रमको आयोजना गरेको फाउण्डेशन पर्साका सह सचिव मिन्टु देवि सिंहले बताईन ।

फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिन अध्यक्षतामा भएकाे रक्तदान कार्यक्रमकाे उद्घाटन वीरगंज महानगर पालिकाकी उप प्रमुख शान्ति कार्कीले गरेकी थिइन ।

कार्यक्रममा नेपाली काग्रेंस पर्साका उपसभापति दिना प्रसाद गुप्ता, प्रकास उपाध्याय, वीरगंज महानगरपालिका वडा नं ६ का वडाध्यक्ष ध्रुव नेपाल, श्याम कुमार पोख्रेल, नरेन्द्र साह, विजय पौडेल, सन्तोष सिहं, दिलिपराज कार्की, जितेन्द्र सिहं लगायतकाे उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवा–भोटेकोशी बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं । रसुवा, भोटेकोशी तथा त्रिशूली करिडोरमा बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि सरकारले १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ...

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका नेता सुजित पाण्डेको निधन

कलैया । बाराको कलैया उपमहानगरपालिका–१४, लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटना हुँदा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–१४...

भोटेकोशी बाढीपीडितका लागि लायन्स इन्टरनेशनलद्वारा एक करोड सहयोग गर्ने निर्णय

वीरगंज । रसुवाको भोटेकोशी तथा ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि लायन्स इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५, नेपालले १ करोड...