Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

जिल्ला स्तरीय अप्रवासी हकहित संरक्षण सञ्जाल गठन

spot_img
spot_img

वीरगंज । सुरक्षित वेदेशिक रोजगारमा जानेहरुको लागी काम गर्न पर्सामा जिल्ला स्तरीय अप्रवासी हकहित संरक्षण सञ्जाल गठन भएकाे छ ।

बीरगज महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख रामदयाल यादवको अध्यक्षतामा साेमबार हाेटल भिस्वामा भएकाे एक कार्यक्रममा जुलफकार अन्सारीको संयोजकत्वमा २१ सदस्यीय सञ्जाल गठन भएकाे हाे ।

नवगठित सञ्जालका पदाधिकारीहरुले पर्सा जिल्लामा सुरक्षित वेदेशिक रोजगारमा जानेहरुको लागी काम गर्ने प्रतिवद्धता समेत जाहेर गरेका छन् । उनीहरुले अगामी दिनमा वेदेशिक रोजगारको समस्यामा परेका ब्यक्तिहरुको वकालत गर्ने छन् ।

नेपाल सरकार र स्वीटजरल्याण्ड सरकार बीचभएको द्विपक्षीय सम्झौता अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयको नीतिगत पहल, प्रदेश सरकारको समन्वय, हेल्भेटास नेपालको प्राविधिक सहयोग, स्थानीयतहहरु (बिरगंजमनपा, पर्सागढी नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका र ठोरी गाउँपालिका)को नेतृत्वमा सेवाप्रदायक संस्था दिव्य युवा क्लब, पर्साकाे सहजिकरणमा सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत सञ्जाल गठन भएकाे हाे । 

दिव्य युवा क्लबको कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीको प्रमुख अथित्यमा भएको कार्यक्रममा सामी परियोजनाकाे बारेमा र सञ्जाल गठन प्रकृयाको बारेमा संयोजक जय नारायण चौधरीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

निर्मला भण्डारीले स्वागत मन्तव्य राखेकी कार्यक्रमकाे संचालन देवता रिजालले गरेकी थिइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...