Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

जिल्ला स्तरीय अप्रवासी हकहित संरक्षण सञ्जाल गठन

spot_img
spot_img

वीरगंज । सुरक्षित वेदेशिक रोजगारमा जानेहरुको लागी काम गर्न पर्सामा जिल्ला स्तरीय अप्रवासी हकहित संरक्षण सञ्जाल गठन भएकाे छ ।

बीरगज महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख रामदयाल यादवको अध्यक्षतामा साेमबार हाेटल भिस्वामा भएकाे एक कार्यक्रममा जुलफकार अन्सारीको संयोजकत्वमा २१ सदस्यीय सञ्जाल गठन भएकाे हाे ।

नवगठित सञ्जालका पदाधिकारीहरुले पर्सा जिल्लामा सुरक्षित वेदेशिक रोजगारमा जानेहरुको लागी काम गर्ने प्रतिवद्धता समेत जाहेर गरेका छन् । उनीहरुले अगामी दिनमा वेदेशिक रोजगारको समस्यामा परेका ब्यक्तिहरुको वकालत गर्ने छन् ।

नेपाल सरकार र स्वीटजरल्याण्ड सरकार बीचभएको द्विपक्षीय सम्झौता अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयको नीतिगत पहल, प्रदेश सरकारको समन्वय, हेल्भेटास नेपालको प्राविधिक सहयोग, स्थानीयतहहरु (बिरगंजमनपा, पर्सागढी नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका र ठोरी गाउँपालिका)को नेतृत्वमा सेवाप्रदायक संस्था दिव्य युवा क्लब, पर्साकाे सहजिकरणमा सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत सञ्जाल गठन भएकाे हाे । 

दिव्य युवा क्लबको कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीको प्रमुख अथित्यमा भएको कार्यक्रममा सामी परियोजनाकाे बारेमा र सञ्जाल गठन प्रकृयाको बारेमा संयोजक जय नारायण चौधरीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

निर्मला भण्डारीले स्वागत मन्तव्य राखेकी कार्यक्रमकाे संचालन देवता रिजालले गरेकी थिइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवा–भोटेकोशी बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं । रसुवा, भोटेकोशी तथा त्रिशूली करिडोरमा बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि सरकारले १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ...

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका नेता सुजित पाण्डेको निधन

कलैया । बाराको कलैया उपमहानगरपालिका–१४, लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटना हुँदा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–१४...

भोटेकोशी बाढीपीडितका लागि लायन्स इन्टरनेशनलद्वारा एक करोड सहयोग गर्ने निर्णय

वीरगंज । रसुवाको भोटेकोशी तथा ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि लायन्स इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५, नेपालले १ करोड...