Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

चट्याङबाट मृत्यु भएका परिवारलाई गाउँपालिकाकाे आर्थिक सहयाेग

spot_img
spot_img

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाले चट्याङ लागेर मृत्यु र घाइते भएकाहरुलाई आर्थिक सहयाेग गरेकाे छ । चट्याङ लागेर मृत्यु भएका परिवारलाई रु ५० हजार र घाइतेहरुलाई १० हजारकाे दरले गाउँपालिकाले सहयाेग गरेकाे हाे ।

चट्याङ लागेर मृत्यु भएका वडा नं ४ देउरवानाका रघुवीर यादवकी पत्नी मीरादेवी यादवलाई सहयाेग रकम रु ५० हजार बराबरकाे चेक गाउँपालिका अध्यक्ष प्रदीप जयसवालले उनकाे घर मै पुगी हस्तान्तरण गरेका थिए ।  

यसैगरी, साेही ठाउँ निवासी घाइते रम्भा देवी, मैना देवी, गीता देवी, विशालकुमार गुप्तालाई उपचारार्थ जनही १० हजारको चेक पीडितको घरमा गएर हस्तान्तरण गरिएको गाउँपालिकाका लेखापाल सुमन साहले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...